४ दिनदेखि छोरी वेपत्ता, खोजिदिन आमाको आग्रह..

बुटवल । गुल्मीको ईस्मा गाउँपालिकाकी १७ वर्षीया पूजा अर्याल ४ दिनदेखि बेपत्ता भएकी छन् । मंसिर १ गते बिहान तम्घासमा ज्याकेट किन्न जान्छु भन्दै घरबाट हिँडेकी पुजा अहिले सम्म घर फर्केकी छैनन् ।

बुटवल जाने बस चढेर तम्घाससम्म गएको एक जना पुरुषले देखेको र तम्घासको उदिनढुंगामा रहेको सिर्जना होटलमा ओर्लन र खाना खाएर जान भने पनि र पुजाले ‘म पर ओर्लिन्छु’ भन्दै त्यहाँ ओर्लिन नमानेको बताइउको छ ।

पूजाकी आमा माया अर्याल बिरामी भएकोले छोरी बेपत्ता भएपछि स्वास्थ्यमा झनै समस्या देखा परेको बताइएको छ । पुजाका परिवारले प्रहरी चौकीमा जाहेरी दिएको बताइएको छ । कक्षा १२ मा अध्यनरत पूजा कविता र गीत–गजल लेखनमा बढी रुची राख्थिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार