भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् । बुधबार दिउँसो स्थानीय खकुवाखोलामा लुगाकपडा धुन गएकी ३० वर्षीया एक महिलाको मकुण्डोधारी २ जनाको समूहले स्तन काटेर भागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले जानकारी दिनुभयो ।
कपडा धोइरहेकी ती महिलालाई जबरजस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते बनाएर मुकुण्डाधारी भागेको डीएसपी मगरले जानकारी दिनुभयो । प्राथमिक उपचार केन्द्र दिङ्लामा उपचार हुन नसकेपछि महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको डीएसपी मगरले बताउनुभएको छ । घटनामा संलग्न समूहको तीव्र रुपमा खोजी भैरहेको उहाँले बताउनुभयो ।
यो पनि पढ्नुहोस
जनकपुरधाम : जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयका छात्राले तीन वर्षसम्म प्रयोग गर्न सकिने सेनेटरी प्याड पाएपछि खुशीले गदगद भएकी छन्। रोटरी क्लब बर्दिबासले उक्त विद्यालयको कक्षा ७, ८, ९ र १० मा अध्ययनरत तीन सय छात्रालाई सेनेटरी प्याड वितरण गरेको हो। छात्रालाई सेनेटरी प्याडसँगै भित्रिबस्त्र, साबुन र रुमालसमेत उपलब्ध गराएको छ।
बजारमा पाइने सेनेटरी प्याड एकपटक मात्र प्रयोग गर्न सकिन्छ, तर यो प्याड तीन वर्षसम्म प्रयोग गर्न सकिने जनाइएको छ। संस्थाकी प्रतिनिधि अम्बिका बस्नेतले छात्रालाई सेनेटरी प्याड तीन वर्षसम्म कसरी प्रयोग गर्ने विषयमा जानकारी गराइन्। उनले एकपटक प्याड प्रयोग गरिसकेपछि साबुन-पानीले सफासँग धोएर चर्को घाममा सुकाउन सुझाब दिइन्।
उनले घाममा प्याड र भित्रिबस्त्र सुकाउन लाज नमान्नसमेत आग्रह गरिन्। कक्षा ८ मा अध्ययनरत रमिता साहले तीन वर्षसम्म प्रयोग गर्न सक्ने सेनेटरी प्याड पाएपछि खुसी भएको प्रतिक्रिया दिइन्। क्लबले दिएको प्याड तीन वर्षसम्म प्रयोग गर्न सकिने जानकारी पाएपछि खुसी लागेको छात्राको भनाइ छ।