यस्तो हुन्छ बुधबार जन्मिएका मानिसहरूकाे स्वभाव

ज्योतिष शास्त्रका अनुसार मानिसको चालचलन, व्यावहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन बार र कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् ।
यस्ता छन् बुधबार जन्मेका मान्छेहरुको स्वभावः

बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी, सफा र स्वच्छ विचारधाराका मालिक तथा विजनेश माइन्डका हुने गर्दछन् । नयाँ–नयाँ कुराहरु जान्न निकै मनगर्ने भएकोले आफ्नो काम निकै वस्थित तरिकाले गर्न चाहन्छन् । राम्रो कुरा गर्ने तरिका र सकारात्मक सोचसँगै जीवनमा धेरै अघि बढ्ने गर्नाले निकै सफलता हात पार्छन् । उनीहरु खर्चिलो स्वाभावको हुन्छन र आफ्नो निर्णय आफैँ लिन्छन् ।
धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसके पछि उठेको रिसलाई शान्त पर्न निकै समय लाग्ने गर्दछ ।

कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण यिनीहरुको जीवन निकै सन्तुष्ट हुन्छ । कसैलाई पनि सजिलै माफी दिँदैनन् । कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि उनीहरुलाई प्रभावित तुल्याउन सक्दैनन् उनीहरुको वैवाहिक जीवन निकै सुखी हुन्छ र उनीहरुले आफ्नो पार्टनरको निकै हेरविचार गर्छन् ।

यो पनि पढ्नुहोस

बाजुरा : अवैध रूपमा जडीबुटी संकलन गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हिमाली गाउँपालिका १ बामु देवीडाँडा सामुदायिक वनका अध्यक्ष राजबहादुर भण्डारी र सचिव बियलाल रोकाया रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

अवैध रूपमा जडीबुटी संकलन भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी विच्छायाबाट खटिएको प्रहरी टोलीले अन्दाजी एक क्विन्टल कटुकीसहित दुई जना वन उपभोक्त समितिका पदाधिकारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिए।

अवैध रूपमा संकलित जडीबुटी वन उपभोक्ता समितिका उपाध्यक्ष गोर्ख भण्डारीको जिम्मा दिएर पक्राउ परेका दुवै जनालाई जिल्ला सदरमुकाम ल्याइएको भाटले जानकारी दिए।
बाजुरा जिल्लामा पाइने सेतकचिनी जस्तै कटुकी, पाँच औँले, भुल्तेलगायत करोडौंका जटिबुडी इजाजत पत्रबिना संकलन र हुम्ला, जुम्ला र कालिकोटतिर निकासी भइरहेको पटक–पटक सूचना आइरहने गरेका प्रहरीले जनाएको छ। तस्करले चोरी वार्षिक करोडौंका जडिबुटी अवैध ढंगले निकासी गरिरहेको प्रहरीको दाबी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार