कमला घिमिरेको दोस्रो गीत यस्तो छ (भिडियो सहित)

काठमाडौं ४ मंसिर / बालिका गायिका कमला
घिमिरेको नयाँ गित फेरि बजारमा आउने भएको छ। कमला घिमिरेको पहिलो गित चिया छानेको पछि कमलाको दोश्रो गित आउने तयारीमा रहेको छ। यतिबेला कमलाको दोश्रो गितको छायांकन धमाधम भैइ रहेको छ।

११ बर्षिय बालिका गायिका कमला घिमिरेको अहिले देश तथा बिदेशबाट धेरै भन्दा धेरै माग बढेर गएको छ। देशमा हुने विभिन्न मेला महोत्सवमा पहिलो नम्बरको रोजाईमा कमला घिमिरे पर्ने गरेकी छिन।

कमलाको उपस्थिति भएको कार्यक्रममा हजारौं दर्शकको आगमन हुने गरेको छ । त्यस्तै कमला घिमिरे अब छिट्टै बिदेशको यात्रामा निस्कने तयारिमा रहेकी छिन।

बिदेशमा हुने साङ्केतिक कार्यक्रममा कमलालाई निम्तो आउने गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार