मिस वर्ल्डमा सहभागी हुन् अनुष्का श्रेष्ठ लण्डनतर्फ

काठमाडौं । मिस वर्ल्ड नेपाल २०१९ विजेता अनुष्का श्रेष्ठ लण्डन प्रस्थान गरेकी छिन् । उनी बेलायतको लण्डनमा हुने मिस वर्ल्डमा सहभागी हुन बुधवार लण्डन उडेकी हुन् । अनुष्काले राष्ट्रको सपनालाई आफूले लगेर जाँदा रमाइलो लागेको बताएकी छिन् । यसलाई उनले एक मीठो अनुभव भएको प्रतिक्रिया दिएकी छिन् ।

साथै उनले सबै नेपालीलाई आफ्नो प्राथनामा राख्न समेत अनुरोध गरेकी छिन् । गत वैशाखमा भएको मिस नेपालको प्रतियोगितामा अनुष्काले ‘मिस नेपाल वर्ल्ड २०१९’ को उपाधि जित्न सफल भएकी थिइन् । उनले २४ सहभागीलाई पछि पार्दै मिस नेपालको ताज उचालेकी थिइन् ।

यो पनि पढ्नुहोस
भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानले दिएको जनताको अधिकारलाई सरकारले संरक्षण गर्नुपर्ने बताएका छन् ।

यही मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसको उम्मेदवार कृष्णलाल भँडेललाई मत माग्न वागेश्वरीमा काँग्रेसले आयोजना गरेको घरदैलो कार्यक्रममा थापाले उपनिर्वाचनले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सरकारले जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप लगाए।

नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताले काँग्रेसले पैसा बाँडेको अफवाह फैलाउने गरेको आरोप लागए ।

घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु डिला सङ्ग्रौला, कमला पन्त, काभ्रे काँग्रेसका सभापति मधु आचार्यलगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, क्रियाशील सदस्यहरु, शुभेच्छुकहरु, स्थानीयवासीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार