श्रृंखला पछी नेपाल लाई चिनाउन १०८ देशसँग प्रतिस्पर्धा गर्दै यि चेली(भिडियो)

काठमाडौं । मिस वर्ल्ड नेपाल २०१९ विजेता अनुष्का श्रेष्ठ लण्डन प्रस्थान गरेकी छिन् । उनी बेलायतको लण्डनमा हुने मिस वर्ल्डमा सहभागी हुन बुधवार लण्डन उडेकी हुन् ।

अनुष्काले राष्ट्रको सपनालाई आफूले लगेर जाँदा रमाइलो लागेको बताएकी छिन् । यसलाई उनले एक मीठो अनुभव भएको प्रतिक्रिया दिएकी छिन् ।साथै उनले सबै नेपालीलाई आफ्नो प्राथनामा राख्न समेत अनुरोध गरेकी छिन् ।

गत वैशाखमा भएको मिस नेपालको प्रतियोगितामा अनुष्काले ‘मिस नेपाल वर्ल्ड २०१९’ को उपाधि जित्न सफल भएकी थिइन् । उनले २४ सहभागीलाई पछि पार्दै मिस नेपालको ताज उचालेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार