काठ्माडौ, मंसिर महिना लागे सँगै पञ्चे बाजाको गीतहरु धमाधम सार्वजनिक भइरहेका छन । यसैक्रममा बाग्लुङका युवाहरुले नयाँ गीत आगानीमा नौमति बाजा भर्खर मात्र सार्वजनिक भएको छ ।
रिना केसी,सरोज आचार्य र दिपेन थापाको आवाज रहेको सो गीतमा सन्तोष बाबु आचार्यको शब्द सिर्जना तथा प्रेम सापकोटा सोनुको लय सिर्जना रहेको छ ।
स्मृति तिमिल्सेनाको उत्कृष्ट निर्देशन तथा प्रकाश धमलाको सम्पादन रहेको सो गीतको म्युजिक भिडियोमा सन्तोष बाबु,निशा क्षेत्री र राजन सापकोटाको अभिनय रहेको छ ।
गीतलाई प्रेम सापकोटा सोनुको च्यानलबाट सार्वजनिक गरिएको छ ।