काठमाडौं / गायक प्रेमराजा महतको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रेमराजा महत र अन्जु पन्तको सुमधुर स्वरमा लाम माया छपक्कै बोलको गीत बिहिबार सार्वजनिक भएको हो ।
यस गीतमा गायक प्रेमराजा महत कै शब्द संगीत रहेको छ । गीतको एरेन्ज भने बि बि अनुरागीले गरेका छन् । गीतमा माया पिरतीको कुरा गरिएको छ ।
गीतको भिडियोमा चर्चित मोडल तथा निर्देशका शंकर बिसी र नायिका करिश्मा मानन्धरको अभिनय रहेको छ । गीतको भिडियोलाई निर्देशक शंकर बिसीले निर्देशन र दुर्गा पौडेलले छायाँकन गरेका हुन् । भिडियोमा सम्पादन नविन घर्ती मगरको रहेको छ ।