अञ्जली अधिकारीको ” रोधिघर”(भिडियो)
काठ्माडौं, भनिन्छ नि कला गलाको धनीलाई कुनै दुख कष्टले पनि रोक्न सक्दैन त्यस्तै एक लोकप्रिय सर्जक हून रमेश परियार ।जो अहिले हाल प्रबाशमा रहेर पनि आफ्नो गीत संगीतलाइ निरन्तर अगाडि बढाइरहका छन। उनले कोर्ने शब्दहरुले कतिलाइ रुवायका पनि छ । उनका कयौं गीतहरु चर्चित नै छन । जस्तै : “धानको पराल” “वर पिपल” “रुवाउनु रुवायो” जस्ता अन्य धेरै गीतहरु बजारमा चर्चित छन् ।
त्यस्तै केही दिन अघि मात्र बजारमा सार्बजनिक लोक दोहोरी एल्बम `रोधिघर´ गीतमा उहाँको मुख्य भुमिका रहेको छ । जस्मा चर्चित गायक अशोक सुनार र गायिका पृती आले को सुमधुर स्वर रहेको छ भने बहुप्रतिभाका धनी रमेश परियारको उत्कृष्ट लय तथा शब्द रहेको छ । अहिलेको समयमा भने गीत बिस्तारै अगाडि बढिरहेको बताउछन सर्जक रमेश परियार ।
भिडियो निर्देशन तथा कोरियोग्राफी काजिश श्रेष्ठले गरेका छन् । उक्त भिडियो को छायांकन भने अजय रेग्मिले गरेका छन भने भिडियो सम्पादन भने दिपक बिष्टले गरेका छन् । उक्त गीतमा अभिनय भने चर्चित मोडल अञ्जली अधिकारी र अशोक सुनारको रहेको छ । भिडियोलाइ अशोक सुनारको आधिकारिक युटुब च्यानल बाट सार्बजनिक गरियको छ।