सुष्मा अधिकारीको अहिलेसम्मकै हट भिडियो सार्वजनिक..

काठमाण्डौँ । चर्चित मोडल एवम् नायिका सुष्मा अधिकारीले पहिलो पटक हट विकिनीमा प्रस्तुत भएको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सपन श्रेष्ठ स्वरवद्ध तथा रेपर प्रिन्स राज फिचर भएको “लै बरी लै” बोलको नयाँ गीतको म्युजिक भिडियो लगातार युट्यूबको ट्रेंडिंगमा परिरहेको छ । सो भिडियोमा हट नायिका एवम् मोडलको रुपमा परिचित सुष्माले हट विकिनीको रुपमा देख्न सकिन्छ ।

नेपाली प्रयाङ्क मिनिस्टर युट्यूब च्यानलबाट रिलिजि भएको भिडियोले सर्वत्र सकारात्मक प्रतिक्रिया पाईरहेको छ । भिडियोमा सुष्मासँगै तनुजा गुरूङ, ,सम्पदा बानिया ,स्वीकृति प्याकुरेल ,कश्या अधिकारी लगायत ग्ल्यामर लुक्समा फिचर गरिएको छ ।गीतमा गायक श्रेष्ठ र कोरियोग्राफर नरेस बिर शिंह लाई पनि फिचर गरिएको छ । निकै उत्कृष्ट देखिएको भिडियोलाई नरेस बिर शिंहले कोरियोग्राफी र नितिन चन्दले निर्देशन गरेका हुन् । दिप्सन डंगोलले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।

आकर्षक अनुहार ,लोभलाग्दो शारिरिक बनावट भएकी नायिका अधिकारी कैलालीको धनगढीमा जन्म भई हाल काठमाण्डौँको बालुवाटारमा बस्दै नेपाली रंगमञ्चमा क्रियाशिल रहेकी छिन् । हेर्दा निकै नै सेक्सी देखिने नायिका अधिकारी हालसम्म बिभिन्न कार्यक्रममा सहभागी हुन कतार, युएई, अष्ट्रेलिया, रसिया, इजरायल, मलेसिया, सिंगापुर, लण्डन र जापान पुगिसकेकी छिन् । सुष्मालाई धेरैले सेक्सी ,बोल्ड एव बिन्दास मोडेल भनेर चिन्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार