ओम राज डाँगी, काठ्माडौं,पछिल्लो समय नेपाली लोक संगीतको बिकास तिब्र गतिमा भै रहेको छ।नेपाली लोक बजारमा दिनहुँ जसो उत्कृष्ट गीतहरु दर्शक श्रोताले हेर्न र सुन्न पाई रहेका छन।लोक सङ्गीत नेपाल अनी नेपालीहरुमा बसेको प्रमुख अङ्ग हाे । लोक गीतले अाफ्नाे रूप र विधा अाफैंले जन्माउँछ । त्यसैले लाेकगीत भनेकाे समष्टिकाे मनबाट जन्मिने गीत हो ।
यस्तै एउटा उत्कृष्ट गीतको फेरी जन्म भयको छ “अमिलो अम्चुर” अग्रज लोक संगीता हस्ती रमेश बि.जीले शब्द अनी धुर्व राज धितालले मिठो लय दिएपछी तयार भयको यो गीतमा गायक नेत्र भण्डारी र गायिका मिरा गिरीले आफ्नो सुमधुर स्वर दिएका छन्।
हालै गीतको प्रमो मात्रै सार्वजनिक गरिएको छ,पुरा गीत मंसिर ११ गते सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ।गीतको प्रमो हेर्दा यो गीतले पुण एक पटक लोक संगीतको ईतिहास रच्न सफल हुने देखिन्छ। सुमधुर स्वर, उस्तै मिठो शब्द अनी लयले भरिपुर्ण यो गीतको भिडियो हेर्दा कतै खोट लगाउने ठाउँ भेटिदैन।
भिडियोमा सुनिल क्षेत्री र रिचा थापाको उत्कृष्ट अभिनय तथा नृत्य देख्न सकिन्छ भने भिडियो निर्देशन पनी सुनिल क्षेत्रीले नै गरेका छन्।सुनिलेले यो भन्दा पहिला “बोके झार” “भिर्ने झोला” “अर्गानिक फल” जस्ता उत्कृष्ट गीत ल्याइ सकेका छन्।
अब कुरा गरौ यो गीतका गायक नेत्र भण्डारीको , भण्डारीको जन्म सल्यान जिल्लाको काफ्रेचौरमा २०४२ सालमा भएको हो , बाल्यकालमा अली चनचले स्वभाबका भण्डारी उकाली ओराली घाँस दाउरा गर्दा गीतहरु गुनगुनाउने गर्थे, उनी २०६१ सालमा काठ्मण्डौं आएका थिय।काठ्माडौंको को निरन्तर संघर्स पछी गायक नेत्र ले २०६४ सालमा राजु परियार र लक्ष्मी न्यौपानेको “सल्ला घारी बन”बोलको एल्बममा गीत गाउने अबसर पाएका थिए।त्यस पछी उनी बिभीन्न समस्यामा अल्झीदै करीब ८ बर्ष गीतहरु रेकर्ड गर्न पाएन्न।
त्यस पछि रमेश बि.जी को शब्द र ध्रुव धितालको लयमा रहेको “स्याउ ल्याई दिउ की केरा”बोलको गीतमा उनले स्वर दिए ,त्यो गीतले उनलाई गायक नेत्र भण्डारी भनेर यसक्षेत्रमा फेरी स्थापित गरायो।
पछील्लो समय उनका ” अंगुर फल्ने झुप्प” “हार्दीक श्रदान्जली” “नियती”जस्ता गीत बजारमा निकै चर्चाको शिखरमा पुगे,अहीले उनी निरन्तर यसक्षेत्रमा लागीरहेको र आफु यो क्षेत्रबाट सन्तुष्ट रहेको बताउछन।
अब आउने उनको नयाँ गीत “अमिलो अम्चुर”ले सफलताको शिखर चुमोस यहीं शुभकामना दिदै आउनुहोस अहिलेलाई हेरौं उक्त गीतको प्रमो भिडियो