श्रमिकका सारथी गोकर्ण विष्ट, ट्याक्सी चढेर घर फर्किए…

काठमाण्डौं – बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद पुनर्गठन गरेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बाहिरिएका गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर फर्किनुभएको छ ।

श्रमिकको हितका लागि काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कर्मचारीलाई धन्यवाद दिँदै मन्त्री विष्ट सिंहदरबार गेटबाट ट्याक्सी चढेर फर्किनुभएको हो ।

‘मलाई २० महिनाको अवधिमा कम्तीमा यो अवसर दिएर श्रम क्षेत्र र यसका समस्या बुझ्ने र नागरिकको लागि काम गर्दा आउने कठिनाई बुझ्ने मौका दिएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, ’ मन्त्री विष्टले भन्नुभयो, ‘ म मन्त्री पदमा रहे पनि, नरहे पनि सुखी नेपाल र सम्बृद्ध नेपाल निर्माणका लागि मेरो साथ सधैं रहनेछ ।

’ श्रम तथा रोजगारका क्षेत्रमा आफूले गरेको कामको समीक्षा गर्दै मन्त्री विष्टले नवनियुक्त मन्त्रीलाई काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार