काठमाडौ । धेरैलाई थाहा छ । पूर्व राजकुमार पारस शाह र हिमानी शाहको कोखबाट २ छोरी र १ छोरा छन् । राजगद्धी त्याग गर्दा नै जन्मिसकेका उनीहरु अहिले कस्ता होलान् । सबैको चासोको बिषय बन्न सक्छ । उनै ३ सन्तान मध्ये जेठी छोरी पूर्णीका शाह निक्कै जवान भएकी छिन् ।
उनी आमा हिमानी भन्दापनि निक्कै सुन्दरी र आकर्षक देखिन थालेकी छिन् । हिमानी नेपालकी सुन्दरी महिलाको सूचीमा छिन् ।
हेर्नुहोस भिडियो
यो पनि पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट हटाइएका निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रालय छोड्नु अघि मन्त्रालयले धेरै रेकर्ड तोडेको दाबी गरेका छन् ।
ओलीबाट ‘फायर’ भएका महासेठले मन्त्रालयमा बिहिबार विदाई कार्यक्रममा २० महिना आफूले मन्त्रीको हैसियतमा काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै मन्त्रालयले धेरै रेकर्ड तोडेको दाबी गरे ।
मन्त्रालय अन्तर्गतका सरुवादेखि ठेक्कापट्टामा सेटिङ गरी पैसा जम्मा गर्ने कामलाई मात्र प्राथमिकता दिएका महासेठले विगतमा एक वर्षमा ७२ वटाभन्दा बढी पक्की पुल बन्न नसकेकामा २०७४-७५ मा ८६ वटा बनेको जानकारी दिए ।
उनले गत २०७५-७६ को असार १८ गतेसम्ममा २४३ वटा पुल बनिसकेको जानकारी दिए । महासेठमाथि श्रीमतीमार्फत् सडक र यातायातका कर्मचारी सरुवामा रकम लेनदेन गरेको आरोप थियो । महासेठले यस वर्ष ३०० वटा पुल निर्माणको लक्ष्य रहेको बताए ।
सडकका आकर्षक आयोजनाहरुमा भ्रष्टाचारमा बदनाम डीई र सुईहरुलाई सरुवा गरेका महासेठले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको कार्यकालमा आफूले बनाएको रेकर्ड तोड्ने विश्वास व्यक्त गरे ।
पहिले एक वर्षमा ६०० किलोमिटर मात्रै कालोपत्र हुने गरेकामा आव २०७४-७५ मा ९४५ किलोमिटर बनाएको र अहिले ९८८ किलोमिटर बनाउने योजना रहेकामा असारसम्ममा एक हजार किलोमिटर कालोपत्र भइसकेको बताए ।
उनले रेल्वे फागुन ७ गते सञ्चालन गर्ने सोच बनाइसकेको जानकारी गराउँदै नयाँ मन्त्रीले त्यो काम अघि बढाउने विश्वास व्यक्त गरे । पानीजहाजमा पनि नयाँ फड्को मार्ने क्रममा रहेको उनले बताए । यो वर्ष काठमाडौँ उपत्यकालाई केन्द्रित गरेर कार्यक्रम अघि बढाएको जानकारी उनले दिए ।