पुरुष कम रुनुको यस्तो छ कारण

एजेन्सी
हामीले देखेको तर पूर्ण रुपमा बुझ्न नसकेको एउटा रहस्य हो, पुरुष कम रुने कारण। दुःख, आवेग, पश्चाताप, खुशी, प्राप्ती तथा गुमाउँदाका क्षणमा सबैको आँसु आउने गर्छ। तर पुरुष महिलाको तुलनमा निकै कम रुन्छन्।

यस विषयमा लण्डनका प्रिन्स ह्यारीले दुई वर्षअघि एउटा डकुमेन्ट्रीमा उल्लेख गरेकी छन्। उनको अनुसन्धान अनुसार महिला प्रतिवर्ष कम्तिमा ३० देखि ६४ पटक रुन्छन्। तर, पुरुष ६ देखि १७ पटक मात्र रुने गर्छन्। मनोविज्ञ जर्जिया रायले पुरुष कम रुनुको पछाडि धेरै बलियो सामाजिक तथा मनोवैज्ञानिक पक्ष जिम्मेवार गरेको बताएकी छन्।

‘पुरुष महिलाभन्दा कम रुनुको पछाडि प्राकृतिक र कृत्रिम दुबै कारण जोडिएका छन्,’ उनले भनेकी छन्, ‘पुरुषको संवेग आउने प्रोल्याक्टिन हर्मोन महिलाको भन्दा अत्यन्त कम हुन्छ। त्यस कारण यो शरीरको हर्मोनसँग सम्बन्धित छ।’ यसमा सांस्कृतिक कारण पनि छ। समाजले एकतर्फी रुपमा पुरुषबाट राख्ने अपेक्षाले पुरुषको संवेगात्मक आँसुलाई निरुन्ताहित गर्छ।

यो पनि पढ्नुहोस
साइकलमा सरर हिँड्नेहरूलाई ललितपुर महानगरपालिकाको ‘साइकल योजना’ खुसीको खबर बन्न सक्छ। महानगरपालिकाले साइकल अड्याउन बिसौनी बनाएको छ।

बिसौनी नहुँदा कतिपटक घरमै साइकल थन्काउनु भएको होला। महानगरले साइकल प्रवर्द्धन गर्न र साइकल चालकको झमेला केही हदसम्म समाधान गर्न बिसौनी बनाएको हो।

ललितपुर महानगरका प्रवक्ता राजु महर्जनका अनुसार मंगलबजारमा बिसौनी बनिसकेको छ भने जावलाखेल, लगनखेल, बुंगमती लगायत ठाउँमा दोस्रो चरणको काम हुनेछ। उनका अनुसार महानगरपालिकालाई साइकलमैत्री बनाउने सोचले लेन र बिसौनी बनाउने काम भइरहेको छ।

लेन अहिले भइरहेका सडकमै बनाइनेछ। हाल कुपनडोलबाट पुलचोक र पुलचोकबाट ग्वार्को जाने बाटोमा लेन बनाउन सुरू भइसकेको छ।

‘कुन–कुन क्षेत्रमा लेन र बिसौनी बनाउने भन्ने अझै छलफल भइरहेको छ,’ प्रवक्ता महर्जनले भने, ‘वडाले सिफारिस दिएपछि आवश्यक ठाउँमा काम हुन्छ। हाल तोकिएका ठाउँमा काम हुँदैछ।’

स्थानीय र बाहिरी साइकल चालक पर्यटकहरू बढिरहेका छन्। सोख र व्यायामका रुपमा साइकल चलाउने पनि छन्। उनीहरूले बिसौनीको समस्या भोगिरहेका हुन्छन्। बिसौनी मात्रै बन्दा पनि त्यो समस्या केही हदसम्म सुल्झिएको छ। पर्यटकको भिड बढी हुने क्षेत्रमा बिसौनी थप्दै लग्ने योजना महानगरको हो। साइकल लेनभन्दा बिसौनी पहिले बने पनि त्यसको प्रयोग बढिरहेको प्रवक्ता महर्जनले बताए।

नेपाल साइकल सोसाइटीअनुसार उपत्यकामा करिब पन्ध्र लाख साइकल चालक छन्। साइकल जथाभावी राख्दा चोरी हुने डर पनि हुन्छ। बिसौनी बनाएर त्यो समस्या कम गराउनु पनि महानगरको उद्धेश्य हो।

‘नयाँ वडालाई साइकल र अपांगमैत्री बनाउने सोच छ,’ महानगरको योजनाबारे प्रष्ट्याउँदै महर्जनले भने, ‘साइकल वातावरणको लागि पनि एकदमै राम्रो हो।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार