काठमाडौँ । भनिन्छ भगवानले सबै मानिसलाई केहि न केहि प्रतिभा त दिएकै हुन्छन् तर पनि कसैसंग भने अलि विशेष प्रतिभा हुने गर्दछ । यस्तै विशेष प्रतिभाशाली व्यक्ति मध्ये की एक हुन् सिर्जना विश्वकर्मा ।दाङ तुलसीपुर–१७ की सिर्जना हाल भर्खेरै १२ पास गरेकी छिन् । उनी सामान्य घर परिवारमा जन्मिएकी साधारण केटी हुन् । तरको भिडियो हेर्दा लाग्छ उनी कुनै निखारिएकी कलाकार हुन् । तर त्यसो भने पक्कै होइन ।
उनी निकै राम्रो गीत गाउने तथा अभिनय गर्ने गर्छिन । यति मात्रै त कहाँ हो र उनी एक केटी मान्छे भएर केटाको आवाजसमेत दुरुस्तै निकाल्न सक्छिन् । त्यो हामीले भिडियोमा प्रस्ट देख्न सक्छौँ ।उनलाई हेर्दा सुन्दर भनेर जो कोहिले पनि चर्चा गर्न सक्छ । मिलेको जिउडाल, हँसिलो अनुसार देख्दा जो कोहिलाई पनि उनले आफ्नो नजरमा तान्न सक्ने अनुभव गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस
काठमाडौं । हिट हुन नसकेपनि व्यस्त छिन् अभिनेत्री मिरुना मगर । पछिल्लो समय एकपछि अर्काे गर्दै उनका फिल्म लगातार आइरहेका छन् । त्यसैले पनि उनी चर्चामा रहन सफल छिन् । मिरुना अभिनित पछिल्लो फिल्म ‘च च हुई’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शनको कारणले उनी मिडियाको चारैतिर छाएकी छन् ।
‘च च हुई’ आफ्नो करियरको लागि महत्वपूर्ण फिल्म भएको उनले बताइन् । आमाबुबासँगै बालपन बेलायतमा बिताएकी मिरुना एनजिओ, आइएनजिओमा आवद्ध भएर समाजसेवा गर्ने उदेश्यका साथ २०१६ मा नेपाल फर्किएकी थिइन् ।
तुरुन्तै एनजिओ, आइएनजिओमा आवद्ध हुन नपाएपछि सुरुमा उनले थिएटर अभिनय सिक्न थालिन् । सिक्दै गर्दा उनले ‘कथा देश ३’ नाटक अभिनय गरिन् । यहि नाटकले उनको अभिनय ढोका खोलिदियो । नाटक अभिनयका कारणले उनलाई फिल्म ‘लालपुर्जा’ मा काम गर्ने अवसर मिल्यो । ‘लालपुर्जा’ मिरुनाको डेब्यु फिल्म हो । यो फिल्ममा उनलाई भित्र्याउने काम निर्देशक निगम श्रेष्ठ र निर्माता माधव वाग्लले गरेका थिए ।
‘लालपुर्जा’को व्यवसाय राम्रो हुन त सकेन । तर अभिनयबाट भने उनले तारिफ बटुलिन् । सोही कारण पनि उनको हातमा फिल्म ‘रोज’ पर्यो । पछिल्लो समयका हिट अभिनेता प्रदीप खड्कासँग ‘रोज’ अभिनय गरेकी मिरुनालाई यो फिल्मले ब्यवसायिक सफलता दिलाउन नसकेपनि अभिनय झन् उचाहीँ दिलाउने काम गर्यो ।