काठमान्डू,
बारीपारी घना जंगल, ३ नदीको संगमअनिबिचमा मनै लोभ्याउने मन्दिर । यो दृश्य हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको । उक्त मन्दिरमा पुग्दा मनै आनन्द हुन्छ । तर उचित प्रचारप्रसार हुन नसक्दा आझेलमा परेको छ । २०५१ सालमा डिल्लीराज सापकोटाले पत्ता लगाएको एउटा सानो गुफामा त्ततिसकोटी देवताको आकार लगायत बिभिन्न प्रकारका आकृतिहरु देख्न सकिन्छ । बिस्तारै त्यसको बिकास हुदै भौतिक संरचनाहरु निमार्ण भए । तर जति उक्त मन्दिरको महिमा छ सोही अनुरुप बिकास हुन भने सकेन ।
अहिले पनि सो मन्दिरमा गुल्मी, अर्घाखाँची,बाग्लुङ, पाल्पा, प्युठान, रुपन्देही, कपिलवस्तु लगायत नेपालका धेरै जिल्लाहरुबाट श्रद्धालुभक्तजनहरु पुजापाठको लागी त्यहाँपुग्ने गर्दछन । त्यस मन्दिरमा जे बर मागे पनि पुग्छ भन्ने जनबिश्वास रहिआएको छ । तपाई पनि सक्नुहुन्छ भने एकपटक सो मन्दिरमा दर्शनको लागी आउनु होला । यदि नसके पनि यो भिडियोलाई हेरी एक एक सेयर सबैले गर्नुहोला । हेरौ सोही मन्दिरको भिडियो ।
यो पनि पढ्नुहोस
काठमाडौं- नेकपा कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संक्रमणकालिन न्यायका मामिलामा आफू दोषी भए कारबाही भोग्न तयार रहेको बताएका छन्।
बिहीबार राजधानीमा द्वन्द्वपीडित साँझा चौधरीले विस्तृत शान्ति सम्झौता हस्ताक्षरको १३ वर्षको अवसर पारेर विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्याय प्रक्रिया अन्तर संवादमा बोल्दै प्रचण्डले भने, ‘संक्रमणकालिन न्यायका मामिलामा म दोषी भए कारबाही भोग्न तयार छु।’
कार्यक्रमा उनले तत्कालिन सशस्त्र माओवादी जनयुद्ध आफूले नै सुरुवात गरेको र विस्तृत शान्ति सम्झौता पनि आफैले गरेकोले अब न्याय पनि दिने प्रतिवद्धता व्यक्त गरे। उनले भने, ‘ मैले नै हो युद्ध सुरु गरेको, मैले नै विस्तृत शान्ति सम्झौता गरेको र न्याय दिन पनि लागेको छु।’
उनले संक्रमणकालिन न्याय दिने तयारी गरिरहँदा पनि चिमोठ्ने र घोच्ने काम जारी रहेको दुखेसो पोखे। उनले पछि आफू बितेर गए पनि मानिसहरुले कुरा काटिरहने बताउँदै भने, ‘तर मलाई चिमोठटने र घोच्ने काम जारी छ।म मरेपछि पनि सुख पाउने छैन। म मरेपछि पनि मलाई उचाल्ने र पछार्ने काम हुन्छ जस्तो लाग्छ।’