चम्चाले खाना खाने गर्नुभएको त छैन ? जानिराख्नुस

काठमान्डू,

भोजन ग्रहणका केही संस्कृति रहेका छन् । हातले गरिने भोजन, काँटा वा चम्चाले गरिने भोजन वा चपिस्टिकले खाइने खाना । नेपाल लगायत भारत वा दक्षिण एसियाली मुलुक लगायतका देशमा परापूर्व कालदेखि खाना विशेष गरि भात खाँदा पाँच औंलाको प्रयोग हुने गरेको छ । तर पछिल्लो चरणमा हातले खाना खान घिन मान्ने र चम्चा वा काटाको प्रयोग गर्ने नयाँ पुस्ताको संख्या बढ्दो छ । भात मुछेर हातले खाने पुस्तामाथि नयाँ पुस्ताले खिसि टिउरी गर्ने नभएका पनि होइनन् । यसबाट तपाईले लाज मान्ने गर्नु भएको छ भने पनि पिर नगर्नुहोस् ।

हातले मुछेर खाने खाना पूर्वीय संस्कृतिको हिस्सा मात्र नभएर वैज्ञानिक पनि रहेको छ । हात फोहर भएको अवस्थामा चम्चाको प्रयोगलाई अस्वभाविक मान्न सकिँदैन । तर हात सफा गरेर खाना खाँदा त्यसबाट प्रत्यक्ष फाइदा पुग्छ । आयुर्वेदका अनुसार खाना पाँच औंलाको संगमबाट बन्ने मुद्राले स्वास्थ्यलाई फाइदा पुग्छ भने पाचन प्रकृयालाई पनि यसले फाइदा गर्छ ।

विभिन्न अध्ययन अनुसार हातले खाना खाँदा जुन तृप्ती मिल्दछ त्यो चम्चा वा काँटाले खाँदा मिल्दैन । आयुर्वेदका अनुसार सिधै हातले भोजनको स्वाद लिँदा त्यो बढि पौष्टिक तथा स्वास्थ्यबर्धक हुन्छ । भोजनहरु खिचडी, दाल र भात, हलुवा, रोटी जस्ता परिकारहरु खानुको असली आनन्द हातबाटै प्राप्त हुन्छ । हातले खाना खाँदा खानेकुरालाई मुछ्ने र हातसम्म पूराउने प्रक्रियामा ध्यान केन्द्रित गर्नुपर्छ । यसलाई माइण्डफुट सेटिङ पनि भनिन्छ । त्यसैले हातले खानु भनेको चम्चा वा काँटाले खानुभन्दा बढि लाभप्रद छ ।

माइण्डफुट इटिङका अन्य केही फाइदा पनि हुन्छन् । ती मध्ये सबैभन्दा महत्वपूर्ण भनेको यस्तो प्रकारको खुवाइले खानामा भएका पोषकतत्वहरु सरीरले सजिलैसँग लिन सक्छ । साथै पाचन प्रक्रियामा सन्तुलन आउने र पेटको गडबडी पनि कम हुन्छ । प्राकृतिक विज्ञानका अनुसार हातले खाना खाँदा हामीले थालमा रहेका खानेकुरालाई सही तरिकाबाट मिसाउन पाउँछौँ । यदि चम्चाले खाने हो भने त्यो काम पेटले गर्नुपर्छ ।

पेटले गर्नुपर्ने प्रारम्भिक काम हातले नै गरेपछि पाचन क्रियामा पेटमाथिको दबाब कम हुन्छ र पाचन प्रक्रिया सन्तुलित हुन्छ । कब्जियत, अपच तथा डकार आउने जस्ता समस्या कम हुन्छन् । हातले खाना खाने क्रममा पलेटी कसेर गुन्द्रीमा बसियो भने अझै लाभदायक हुने योगविज्ञानको दाबी छ । भोजन ग्रहणका बेला पलेटी कसेर बस्दा सुखासनको मुद्रा बन्दछ । यसबाट स्वाद ग्रन्थीहरु सक्रिय हुने र भोजन सही ढंगले पेट सम्म पुग्ने र राम्रोसँग उपापचयन हुन्छ ।

जब चम्चाले खाइन्छ तब हामीलाई थाहा हुँदैन की तरकारी वा खाना काँचो छ वा राम्रोसँग पाकेको छ । चिसो छ वा तातो छ भन्ने थाहा हुँदैन तर तर हातले खाना खाँदा हामीले यो कुरा थाहा पाउन सक्छौँ । यसले खानाको प्रकार वा अवस्था अनुसारको पाचन रस उत्सर्जन गर्नका लागि हाम्रो मस्तिष्कले सम्बन्धित ग्रन्थीहरुलाई निर्देशित गर्न पाउँछ । पाचन रस सही ढंगले उत्सर्जन भयो भने खानेकुरा राम्रोसँग पच्दछ र पोषक तत्वपनि सरीरले राम्रोसँग ग्रहण गर्दछ ।

त्यसबाहेक अन्य फाइदा पनि छन् –

आयुर्वेदका अनुसार हातको प्रत्येक औंलामा पाँच तत्व रहेको हुन्छ । बुढी औला अन्तरिक्ष सम्बन्धि, चोर औंला हावा सम्बन्धी, माझी औंला आगो सम्बन्धि, साइली औंला पानी र कान्छी औंला पृथ्वीसँग समबन्धित छन् । जब तपाई हातले भोजन गर्नुहुन्छ त्यतिवेला यी सबै तत्व सक्रिय हुन्छन् । र यसले खानालाई सन्तुलित राख्न र स्वस्थ राख्न सहयोग गर्छ । काटा र चम्चाको उपयोगले सजिलै र छिटै खान सकिन्छ होला तर यो शरीरमा रक्त प्रवाह असन्तुलित बनाउन पनि सक्छ । अन्तमा तपाईलाई मधुमेहको जोखिममा पु¥याउन पनि सक्छ ।

यूरोपीय सोसाइटी अफ एन्डोक्रिनोलोजीद्वारा प्रकाशित एक अध्ययन का अनुसार जो मानिस भोजन चाँडो चाँडो खान्छन् उनीहरुलाई दोस्रो प्रकारको मधुमेह को जोखिम रहन्छ । चम्चाले खाँदा चाँडो चाँडो खाइन्छ भने हातले खाँदा केही बढी समय लाग्छ । हालते मजाले मुछेर स्वाद लिएर खाने भएका कारण पनि मधुमेहको जोखिम कम हुन जान्छ ।

यो पनि पढ्नुहोस

काठमाडाैँ, ५ मंसिर । सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको आज १३ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते दुई पक्षबीच सम्झौता भएपछि माओवादीको सशस्त्र द्वन्द्व अन्त्य भएको थियो । विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहना अनुसार शान्ति प्रक्रियाका सबै काममा खासै प्रगति भएको छैन । द्वन्द्वपछिका सामाजिक पुनस्र्थापनाका लागि आवश्यक पूर्वाधारमा सुस्तता छ ।

राज्यबाट दिइने राहत र क्षतिपूर्तिसमेत संक्रमणकालीन न्याय व्यवस्थाको भरपर्दो प्रबन्ध नभएका कारण निष्कर्षमा पुगेको छैन । सम्झौताको मूल मर्मअनुसार मुलुकमा गणतन्त्रात्मक व्यवस्था लिपिबद्ध भएको छ । एकात्मक राज्य व्यवस्थालाई संविधानले संघीय संरचनामा बदलेको छ । तर, संघीय स्वरूपअनुसारका संरचना निर्माणमा भने ढिलाइ भइरहेको छ ।

शान्ति सम्झौतापछिका अवधिमा राज्यका निकाय, तह, संगठन र संरचनामा समानुपातिक समावेशी प्रतिनिधित्वको आधार बनेको छ । १३ वर्षको अवधिमा विकास र समृद्धिका थुप्रै नयाँ चित्र कोरिए पनि आज पनि मुलुक विकास र अर्थतन्त्रमा सबल बन्न सकेको देखिदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार