लेखक – एचबी ताम्राकार
—प्रचण्ड-केपी आउने चुनावसम्म आनन्द शक्ति प्रयोग गरेर राज गर्ने सहमतिमा पुगेछन् ।शक्तिको सदुपयोग गर्नुस् शुभकामना छ ।केपीको भागमा प्रधानमन्त्रीको कुर्सी र प्रचण्डको भागमा नेकपाको शक्तिशाली कुर्सी पर्नुलाई त्यति ख़ासै महत्व र जनचासो देखिएन् बरु निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर घर फर्किएको कुराको अत्यन्तै चासो देखिन्छ।जनमतको कदर गर्न सिकौ । जनताको चाहना गोकर्ण हो । तपाईको चाहना राम्रा होईनन् बरु हाम्रातिर गए की ? गोकर्ण एक नायक हुन् । उनले गरेका कामहरुको लिष्ट हामीसंग तमाम छन् ।
जस्ता — मलेसिया सरकारसँग लिएको अडान, जापानमा नेपाली कामदार पठाउंन गरेको पहल,केहि खाडि मुलुकसंग गरेको फ्रि भिसा फ्रि टिकट सम्झौता,वैदेशिक रोजगार विभागमा गरिएका सुधारका काम, मेनपावर कम्पनीहरुलाई सिकाएको सबक,हरेक प्रदेशबाट श्रम गर्न मिल्ने ब्यबस्था, प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा जस्ता कामको परिणाम देखाएका मन्त्री बिष्ट एतिबेला विभिन्न क्षेत्रका माफियाहरुको प्रपंन्चमा फसेका छन्…..
तर नेपाली जनताले गोकर्ण विष्ट लाई कहिलेपनि बिर्सिदैनन ।काकाको नजरमा कसरी असफल भए ? काकाले दोषी चस्मा लगाउनु भएको हो भने भ्रमित चस्माहरु बरु संग्रहालयमा सजाएर राखौ अबलोकन गर्न मात्र काम लाग्नेछन्। सत्यको चस्मा लगाउनुस् , जीवनभर जनताको मनमा त्यो चस्मा सजिनेछ ।गोकर्ण जस्तो व्यक्तित्वलाई मन्त्रीबाट निकालिनु अत्यन्तै निन्दनीय छ । मन्त्री हेरफेर गर्न नाटकीय प्रबृति को खेल हो भनेर गोकर्ण सरलाई सम्झदैमा स्पस्ट हुने गर्छ । हटाउनै पर्ने मन्त्रीहरु किन हटेनन् ? यो हेरफेर नभएर राम्रा मान्छेलाई केरकार गरेको हो की भन्ने महशुस भयो।सामाजिक संञ्जालमा सवैका विचारहरु पढ्ने मौका पाएको छु । सरकारको पछिल्लो निर्णयको विरोध बढ़ी र श्रम मन्त्रीको स्पोर्ट व्यापक।
केपी-प्रचण्डहरु ले गोकर्ण जस्ता काम गर्ने मन्त्रीलाई प्रोत्साहन गर्न सक्दैनन् बरु नउठ्नेगरी टाउकोमै वर्साउने परिपाटीको प्रयास गरिरहेको देख्दा अजिव लागेर आउन्छ । जनताको पक्षमा काम गर्नेलाई स्थान दिन नसक्नु दुखद हो । कसैकसैको अनुहार नै जनताले हेर्नै मन पराउदैनन् बरु तिनिहरुलाई सरसम्मान काधमा राखेको विषयले नेपालको राजनिति , शासन शैली , आचरण र संस्कारमाथी गम्भिर प्रश्नहरु तेर्सीएका छन् ।युवाहरुको सुझाव स्पष्ट छ । केपी- प्रचण्डहरु बरु रेष्ट गरे हुन्छ । गोकर्णहरुलाई देश हाक्न दिनुस् अनिमात्र देशले काचुली फेर्न सक्छ !!!