यि हुन चटपटे बेचेर छोराछोरीलाई डाक्टर बनाउने आमा (भिडियो सहित)

काठमान्डू, सुनसरी जिल्लाकी कुमारी भट्टराई जो लामो समयदेखि चटपटे व्यापार गर्दै आएकी छिन् । आफ्नो काम प्रति सन्तुष्ट रहेको बताउँछिन् उनी । लाखौं पैसा खर्च गरेर विदेश जानु भन्दा नेपालमै बसेर केही गरेर छोराछोरीलाई डाक्टर पढाउने कुमारी भट्टराईको चाहाना छ ।

उनि संग गरियको यो भिडियो कुराकानी हेर्नुहोस…

यो पनि पढ्नुहोस
प्रधानमन्त्री केपीशर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई समन्वय गरी काम गर्न निर्देशन दिएका छन्। नवनियुक्त मन्त्रीहरुसँगको पहिलो बैठकमा उनले मन्त्रीलाई सचिव र सचिवलाई कर्मचारीसँग समन्वय गरेर काम गर्न निर्देशन दिए।

सचिव र कर्मचारीले काममा ध्यान नदिए आफू मात्रै चटपटाएर काम नहुने भन्दै ओलीले गम्भीर हुन आग्रह गरे।उनले भने ‘म मात्रै चटपटाएर केही हुँदैन, मन्त्रीहरु पनि चटपटाउनुपर्यो, सचिवहरु पनि चटपटाउनुपर्यो।’

चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल भ्रमणमा आउँदा देखिएको विकासलाई लक्षित गर्दै उनले चाहेमा सात दिनभित्रै धेरै काम हुन्छ भन्ने उदाहरण जनताले देखिसकेको बताए। कार्यविभाजन गरेर राज्यमन्त्रीलाई पनि जिम्मा दिन उनले आग्रह गरे।

मन्त्रीहरुलाई पारदर्शी हुन उनले निर्देशन दिए। ‘तपाईको पछाडि पनि मान्छे लगाएको छु, तलमाथि भए कारबाही हुन्छ’ उनले भने। देशको विकासमा आफूहरु ड्राइभिङ सिटमा रहेको कुरा स्मरण गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे।

ओलीले अब मुलुकमा उद्योग तथा उत्पादनमूलक क्षेत्रको विकास हुनपर्ने बताए। सम्बद्ध विभागहरुलाई पनि समन्वय गराउन उनले निर्देशन दिए। ‘एउटा डाँडामा धेरै टावर राखेर मात्रै हुँदैन, एउटा टावरबाट धेरै काम हुनेगरी समन्वय गर्नुपर्छ’ उनले भने ।चार महिनाभित्र काठमाडौं उपत्यकाका खाल्डाखुल्डी पुर्न उनले निर्देशन दिए।

‘काठमाडौंको खाल्डोको गीत कति सुन्ने, जहिले सारङ्गी बज्छ, अब यो किन समाप्त नपार्ने?’ ओलीले भने। त्यस्तै आउने चौमासिकभित्र ५० प्रतिशत पुँजीगत खर्च हुनेगरी विकासका काम गर्न उनले निर्देशन दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार