एक्लो छोराको २४ वर्षको अल्पायुमै निधन भएपछि बुहारीलाई घरबाटै बेहुली बनाएर धुमधामका साथ बिबाह गरिदिए पोख्रेल परिवारले !

काठमाडौँ- मोरङको केराबारीका उक परिारले आफ्नाी बुहारकिो धुमधामसँग बिहे गरिदिएका छन् । आफ्नो छोराको निधन भएपछि एकल जीवन बिताउदै आएकी बुहारीको बिहे गरिदिएका हुन् ।

कुवेरप्रसाद पोख्रेलका परिवारले छोरो गुमाएपछि एकल बनेकी बुहारी सुनिता पोख्रेलको आफ्नै घरबाट विवाह गरिदिएर समाजकै नमुना बनेका हुन् ।

२४ वर्षको अल्पायुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन भएपछि एकल भएकी सुनिताको परिवारले आफन्त र गाउँका अन्य व्यक्तिको उपस्थितिमा झापा घैलाडुब्बा निवासी बलबहादुर कार्कीसँग बिहिबार विवाह गरिदिएका हुन ।

१३ वर्षीया छोरी सहित विराटनगरमा बस्दै आएकी सुनिताको आफ्नो रितीरिवाज अनुसार पुन विवाह गरेकी हुन् । विवाहमा जनप्रतिनिधी तथा स्थानीय नेताहरुकोसमेत सहभागिता रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार