काठमान्डू,
जन्म: ९, जुन, १९६४ पाल्पा, तानसेन, नेपाल) नेपालका एक चर्चित अभिनेता हुन् । उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो । उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ ।
राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन् । उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) रहेको छ । उनलाई यसै कारण महानायक भन्ने गरिएको छ ।
अभिनय क्षेत्र वाहेक समाज सेवामा पनि उनको सहभागिता रहेको छ । उनले अहिलेसम्मकै रोमान्चक भुमिकामा चलचित्र ‘ सकुन्तला’ मा एउटी सशक्त महिलाको भुमिका निभाएका छन्।
शुरूवाती जीवन : उनी एक सम्पन्न नेपाली परिवारमा जन्मिएका हुन् । उनका पिता केही समयसम्म नेपालका राजदूत थिए । राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए ।
व्यक्तिगत जीवन : राजेशको प्रेम जीवन पनि रोमान्चित खालको रहेको छ । धेरै जनासँग उनको नाम जोडिए पनि हालै (सन् २०१४) मात्र उनी विवाह बन्धनमा बाँधिएका छन् ।
चलचित्रहरू : कसम (१९९३ चलचित्र) ,युगदेखि ,युगसम्म ,बसन्त, जीवनदाता ,देउता ,गोरेटो ,द युगदेखि युगसम्म ,ढुकढुकी ,अर्जुन ,अल्लार ,आफन्त ,धर्मा(२०१०), खान्दान ,चमत्कार , अधिकार ,सन्यास ,दुलही ,हामी तीन भाइ ,सडक ,चट्याङ ,पृथ्बी ,अपराध,परिभाषा ,कवच ,सपनाको नौलो संसार ,राजनीति ,अजम्बरी नाता ,पालेदाई , किन किन , सपना ,तडप ,बरदान , छबिलाल कन्जुस छैन ,दु:ख ,आशीर्वाद ,जंगवाज,को भन्दा को कम ,प्रतिक्षा ,संघर्ष ,बाटूली ,मैदान ,करन अर्जुन ,कर्णबीर ,कर्म योद्दा ,भगवान सबैको ,स्वाभिमान ,चोर सिपाही ,मेरो राजेश दाई , बागमती (चलचित्र), मुखाेैटा ,सकुन्तला आदि फिल्म रहेका छन ।