रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै, नेपालको युरेनियममा चासाे

काठमाडाैँ । छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् ।

पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ ।

‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता (रुस) बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्रोतले भन्यो ।

नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो लिँदै रुसले पुटिनको भ्रमणको तयारी गरेको सो कार्यालयका उच्च अधिकारीले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यो पनि पढ्नुहोस,
काठमाडौं, ६ मंसिर । सीमा विवाद चर्किएपछि सरकारले नेपाल–भारत र नेपाल–चीनको सीमा निरीक्षण गर्न समिति गठन गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले सीमाको अवस्थाबारे बुझ्न समिति गठन गर्ने निर्णय गरेको हो।

समितिले भारत र चीनतर्फ नेपालसँग जोडिएको सीमाको अवस्था र सीमास्तम्भबारे अध्ययन गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए। भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि सरकारले समिति निर्माणमा तदारुकता देखाएको हो।

‘समितिले भारत र चीनतर्फका सीमा दुरुस्त छन् कि छैनन्, कति अतिक्रमण भएको छ, सीमास्तम्भ छन् कि हराए, ठीक ठाउँमा छन् कि छैनन् भन्ने अध्ययन गर्छ’, सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘यसमा परराष्ट्र, गृह, भूमि व्यवस्थालगायत योसँग सम्बन्ध राख्ने मन्त्रालयका प्रतिनिधि रहन्छन्। यसले तीन महिनाभित्र परराष्ट्र मन्त्रालयमा प्रतिवेदन बुझाउँछ। ’

भारतले आफ्नो नक्सामा पारेको भूमि नेपालले कूटनीतिक आधारमा फिर्ता ल्याउने दाबी उनले गरे। ‘यो भूमि नेपालले यताउता गरेर लिएको हैन। यो जन्मजात र प्राकृतिक हो’, उनले भने, ‘कूटनीतिक र राजनीतिक तवरबाट समाधान गर्न सबै पार्टीले र जनताले तागत दिएका छन्। यो ६०–६५ वर्षदेखिको विवाद समाधान गर्ने अवसर पनि हो। हामी कसैले सैनिक र सामरिक समाधान खोजेका छैनौं। ’

अन्नपुर्ण पोष्ट्बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार