लगानी मात्र ४० हजार, आम्दानी तीन महिनामै ६ लाख !

काठमाण्डौ । कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा रहेकाहरुका लागि मेडिसनल प्लान्ट(औषधीय गुण भएका वनस्पति)को खेती तथा व्यापार निकै लाभदायक हुन्छ । यस्ता प्लान्टको खेतीका लागि न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । यी वनस्पतिहरुको खेती तपाईले लिजमा जमीन लिएर समेत गर्न सक्नुुहुन्छ । अधिकांश औषधीजन्य वनस्पति ३ देखि ६ महिनाभित्र तयार हुन्छ । यसपछि यी वनस्पतिबाट लगातार आम्दानी हुुन्छ । यदि तपाईले तुलसीको खेती गर्नुहुन्छ भने २० देखि ४० हजारसम्मको लगानीमा तपाईले केबल ३ महिनामा ४ देखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्नुुहुन्छ ।
३ महिनामै तयार हुन्छ तुलसी

तुलसीलाई हिन्दूहरुले विशेष गरी धार्मिक दृष्टिकोणले महत्वपूर्ण ठान्छन् । तुलसीको पूजा गर्नु, मानिस मरेलगत्तै तुलसीको मोठमा लगेर शवलाई राख्नु लगायतले समेत यो वनस्पति कति महत्वपूर्ण छ भन्ने देखिन्छ । धार्मिक मान्यता अनुसार तुलसीको जति महत्व छ, यसको औषधीय गुणका कारण बजारमा अझ ठूलो महत्व र डिमाण्ड छ । लामो समयदेखि धेरै औषधि उद्योगहरुले तुलसीबाट उत्पादन हुने तेललाई विभिन्न औषधीहरुको निर्माणमा प्रयोग गरिरहेका छन् । तुलसीको खेती चैत वा बैशाखबाट सुरु गर्न सकिन्छ । यसको खेती बिज वा हाँगालाई कलमी गरेर समेत गर्न सकिन्छ । एक हेक्टरमा यसको खेतीका लागि लगभग १० किलोग्राम जति बिउको आवश्यकता पर्छ । तुलसीको बोट निकै कठोर हुन्छ, जसका कारण सानातिना रोगले यो वनस्पतिलाई छुन सक्दैन । रोपेको ८० देखि ९० दिनसम्म तुलसी बिक्रीका लागि तयार हुन्छ ।
२० देखि ४० हजारसम्म मात्र लगानी

एक अध्ययन अनुसार तुलसीको खेती २० देखि ४० हजार रुपैयाँसम्म गर्न सकिन्छ । यो बजेटमा केही घटबढ ठाउँ र सिंचाई तथा अन्य बिषयको सहजताको हिसाबले पनि हुनसक्छ । तुलसीको राम्रो बिउ नेपाल र भारतका विभिन्न बजारहरुमा पाइन्छ । रोग तथा किराहरुको कम आक्रमण हुने भनी पहिचान भएको तुलसीको प्रजातिको खेती गर्न सकियो भने अझ बढी फाइदा हुन्छ । थोरै खर्च र छोटो अवधिमा तुलसीको खेतीबाट धेरै राम्रो आम्दानी हुने जानकार बताउँछन् ।

४ देखि ६ लाखसम्म आम्दानी

तुलसीको खेतीबाट दुुई प्रकारका उत्पादन गर्न सकिन्छ । पहिलो बिउ र दोश्रो पात । यसको बिज उत्पादन गरेर समेत बिक्री गर्न सकिन्छ भने पातबाट तेल निकालेर राम्रो कमाई गर्न सकिन्छ । एक हेक्टर क्षेत्रफलबाट लगभग १२० देखि १५० किलोग्रामसम्म तुलसीको बिउ उत्पादन गर्न सकिन्छ । राम्रो बाली छ भने एक हेक्टर क्षेत्रफलबाट १७० देखि २ सय किलोग्रामसम्म पातबाट तेल निकाल्न सकिन्छ । तुलसीको बिउ प्रतिकिलो ४ सय रुपैयाँसम्म बिक्री हुन्छ । यस्तै, तेलको मूल्य अहिलेको समयमा प्रति किलोग्राम १३ सयसम्म रहेको छ । यदि थोरै मात्र आम्दानी भयो भने पनि एक हेक्टरबाट ३ महिनामै ४ देखि ६ लाख रुपैयाँ आम्दानी गर्न सकिन्छ । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस
बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबार अपराह्नदेखि चार दिनका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ९ सम्म नाका बन्द रहने छ। मंसिर ८ मा भारतमा विधानसभाको उपनिर्वाचन हुने भएकाले सुरक्षा संवेदनशीलता कारण शुक्रबार साँझ ५ बजेदेखि मंसिर ९ साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नु परेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। यसअघि गत असोज १८ मा भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि १८ गतेसम्म तीन दिन झुलाघाट नाका बन्द गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार