काठ्माडौं‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जीन्दगीमा…’ स्वर सम्राट नारायण गोपालको यो कालजायी गीतको सन्दर्भ खासमा प्रेमजोडीकै लागि लेखिएको÷गाएको जस्तो लाग्छ । तर दायरा फराकिलो पारेर हेर्दा माया त आखिर माया नै हो, जो कसैलाई गरेपनि गरिन्छ ।
ठ्याक्कै, अमेरिका निवासी नारी फाउण्डेशनकी संरक्षक रिमा केसी कटवलाको मायाले विराटनगरकी दुवै हात गुमेकी मेघा मिमिरेललाई आज नयाँ जीवन मिलेको छ । मेघाको हात माथिबाटै काटिएको कारण हात हाल्न केही कठिन भएको रिमाले जानकारी दिइन् । तर, नेपालको हावापानी अनुसार मिल्ने खालको हात हालिएको छ । ब्याट्री वाला हात हाल्न पाएको भए अझ धेरै राम्रो हुनेथियो । तर, उनको हातको माथिल्लो भाग धेरै काटिएको कारण ब्याट्री बाहेकको कृतिम हात हालिएको छ ।
जति बेला मेघाको हात काटियो, उनले यो जीवन पाउछु भन्ने सपनामा पनि देखेकी थिएनन् । तर, अमेरिका पुगेर कृतिम नै भएपनि हात पाएपछि उनको खुसीको सीमा नै छैन् । करेन्ट लागेर हात काटिनु, श्रीमानले छाड्नु, समाजले हेर्ने दृष्टीकोण फरक हुनुले उनमा कति पीडा थियो भन्ने जो कसैले अनुमान गर्न सक्छ । तर आज उनलाई ति सवै पीडाबाट मुक्ति मिलेको छ । भन्छिन्, ‘आज मैले नयाँ जीवन पाएको छु । रिमा दिदीदेखि सहयोग गर्नुहुने सवैलाई धन्यबाद दिन चाहन्छु ।’
मेघाको हात अहिले म्यानुअल हालिएको रिमाले जानकारी दिइन् । ‘सामान्यता घरमा गरिने काम वा वाहिर हिडडुल गर्दा ब्याग बोक्न मिल्छ’, चिकित्सकको भनाई उदृढ गर्दै रिमाले भनिन्, ‘मेघाले जति धेरै अभ्यास गरिन् उती नै चाडो र सजिलो हुन्छ । यो सवै उनैमा भरपर्छ।’मेघाले झण्डै ३ वर्षको अभ्यासले खुट्टाले लेख्ने, मोबाइल चालाउनेसम्मको भएकी थिइन । यसैगरी उनले यो नयाँ कृतिम हातको अभ्यास पनि धेरै गर्नुपर्ने हुन्छ ।
जति बेला मेघाको हात काटियो, उनले यो जीवन पाउछु भन्ने सपनामा पनि देखेकी थिएनन् । तर, अमेरिका पुगेर कृतिम नै भएपनि हात पाएपछि उनको खुसीको सीमा नै छैन् । करेन्ट लागेर हात काटिनु, श्रीमानले छाड्नु, समाजले हेर्ने दृष्टीकोण फरक हुनुले उनमा कति पीडा थियो भन्ने जो कसैले अनुमान गर्न सक्छ । तर आज उनलाई ति सवै पीडाबाट मुक्ति मिलेको छ । भन्छिन्, ‘आज मैले नयाँ जीवन पाएको छु । रिमा दिदीदेखि सहयोग गर्नुहुने सवैलाई धन्यबाद दिन चाहन्छु ।’
डेढ महिनाको बसाईपछि मेघा आज शुक्रबार नेपाल फर्किदैछिन् । मेघाको हात हाल्ने विषयमा रिमाले अमेरिका जस्तो ठाउँमा पनि ठूलै संघर्ष गरेकी छन् । जागिर पनि पूर्ण रुपले गर्न नसकेको उनी वताउछिन् । तर मेघाले हात पाएपछिको क्षणलाई कुनै शब्दमा उतार्न नसकिने बताउछिन् ।
‘दुःख जति पाएपनि वुवाको आत्म पनि खुसी हुन्छ भनेर यो काम जसरी पनि गरेको हुँ’, रिमाले भनिन्, ‘अमेरिकामा नेपालीहरुले भन्दा विदेशीले धेरै सहयोग गरे । तर हरि शर्माजीको सहयोगलाई पनि भूल्न मिल्दैन ।’
मेघाको हात काटिएपछि उनको आमाले पूर्ण रुपमा जागिर छाडेर उनको स्याहार सुसार गरेकी थिइन । मेघाको लागि उठेको केही रकम खर्च भएपनि नारी फाउण्डेशनकी संरक्षक रिमा केसीले पनि थुप्रै रुपैँया खर्च भएको थियो । थेरापी र ल्याबहरुमा लाग्ने खर्चहरु बाहेक अन्य सवै निःशुल्क भएको रिमाले जानकारी दिइन् । यस अघि नारी फाउण्डेशनले दुई वटा स्कूल र एनिमल रेस्क्यूकालागि पनि सहयोग गरेको छ ।
अव नारी फाउण्डेशनको पहलमा हातखुट्टा गुमाएकाहरुकालागि सःशुल्क उपाचार वा कृतिम हात हाल्ने प्रयास भइरहेको रिमाले जानकारी दिइन् ।
‘दुःख जति पाएपनि वुवाको आत्म पनि खुसी हुन्छ भनेर यो काम जसरी पनि गरेको हुँ’, रिमाले भनिन्, ‘अमेरिकामा नेपालीहरुले भन्दा विदेशीले धेरै सहयोग गरे । तर हरि शर्माजीको सहयोगलाई पनि भूल्न मिल्दैन ।’
कसरी संभव भयो मेघाको उपाचार ?
विभिन्न मिडियामार्फत रिमाले मेघाको बारेमा थाहा पाएकी थिइन् । मेघाको खबर सुन्न साथ भावुक भएकी मनकारी रिमाले उनको हात हाल्न सकिन्छ कि भनेर अध्ययन गर्न थालिन । सहयोग जुटाउन फेसबुकले दिएको ‘फन्ड राइरिङ’ टुल्समार्फत आह्वान गरिन् । तर खासै सहयोग जुटेन । तर उनी हतास भइनन् । यही क्रममा यो पंत्तीकारसंग रिमाको कुराकानी भयो । ‘मेघाको हात हाल्ने कुरा भइरहेको छ, एक पटक मेघासंग सम्पर्क गराईदिनु’ भन्ने रिमाको अनुरोधलाई यो पंत्तीकारले पुरा गरिदियो ।
निरन्तर त्रिपक्षीय वार्तालाप हुन थाल्यो । यो पंत्तीकारको संयोजनमा मेघा र रिमाबीच सम्पर्क भयो । उता अमेरिकामा रिमाले सहयोग जुट्न नसकेपछि विभिन्न अस्पताल र क्लिनिकहरुमा केही हुन्छ कि भनेर धाउन थालिन । झण्डै वर्ष वित्यो उनलाई समाधान निकाल्न ।
वासिङ्टन डीसीस्थित मेड स्टार अस्पताल, ह्याङगर क्लिनिकले रिमाको प्रस्ताव स्वीकार गर्यो । त्यसपछि मेघाको हात हाल्ने काम नन् स्टप अगाडि बढ्यो । रिमा नेपाल आइन् । पत्रकार सम्मेलन मार्फत यो कुरा सार्वजनिक भयो । फेरि समस्या भीसामा देखियो । दुई दुई पटक भीसा रद्ध भएपछि रिमाले एक पटक त हरेस नै खाएकी थिइन् । यता, हात हालिने भयो भनेर मेघाको भुइमा खुट्टै थिएन ।
रिमा–मेघाको माया कताकता धमिलो होला कि जस्तो भयो । भर्खरै बुबा गुमाएको शोकलाई शक्तिमा बदल्दै फेरि हिम्मत गरिन् । कैयौ प्रयासपछि तेश्रो पटक ‘एक्स्ट्रा अर्डिनरी’ भीसा एप्लाई गरिन् । बल्ल भीसा लाग्यो । अमेरिकाबाट भर्खरै फर्किएकी रिमाको आमा प्रेमा केसीले फेरि मेघा र उनकी आमा पद्मा घिमिरेलाई लिएर अमेरिका पुगिन् । र, हात हाल्ने प्रक्रिया सुरु भयो ।