पूर्व युवराज पारसले पर्समा आगो बाल्दै जादु देखाएपछि… (भिडियो सहित)

काठमाडौं– पछिल्लो समय पूर्व युवराज पारस शाह विभिन्न हर्कतका कारण चर्चामा रहँदै आएका छन् । सोनिका रोकायासँगको हिचमिच होस् या अन्नपूर्ण बेसक्याम्प हुँदै मुक्तिनाथ मन्दिरको दर्शनले नै किन नहोस् उनले चर्चा सँगै आलोचना खेप्दै आएका छन् ।

हालै उनको एउटा अर्को भिडियो सार्वजनिक भएको छ । जहाँ उनले मुखमा चुरोट च्याप्दै पर्समा आगो बालेर जादु देखाएका छन् ।

उक्त भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो टिकटकमार्फत सार्वजनिक भएको हो । खासमा उनलाई कसैले जादु देखाउन आग्रह गरेपछि उनले पर्समा आगो बालेर निभाएका छन् । पारसले पर्समा बालेको आगो र निभाएको शैली हेर्दा कुनै जादुगरको भन्दा कम्ता छैन ।

सरकारको जादु हेर

Posted by चितवन नेपाल on Friday, 15 November 2019

परिवारबाट टाढिएका पासर विन्दास जीवनशैली बिताइरहेका छन् । प्रायः उनी घुमघाममा व्यस्त हुने गरेका छन् । केही दिन अघि मात्र पूर्व राजा ज्ञानेन्द्र शाह छोरी प्रेरणा र बुहारी हिमानीका साथमा लर्ड अफ ड्रिङ्स (एलओडी) मा नाचेको भिडियो भाइरल भएको थियो ।

यो पनि पढ्नुहोस
काठमाडौं : पार्टीमा कार्यकारी अधिकार पाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूसँग परामर्श थालेका छन्। दाहालले बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसँग उनकै निवास कोटेश्वरमा भेट गरे। ‘उहाँहरूबीच बिहीबार बिहान भेट भयो’, नेपालका स्वकीय सचिव मोहन गौतमले अन्नपूर्णसँग भने, ‘समसामायिक राजनीतिमा छलफल केन्द्रित भयो होला।

स्थायी समिति र केन्द्रीय कमिटी बैठक बोलाएर पार्टी एकीकरणका बाँकी काम, विभाग र जनवर्गीय संगठनहरूको पूर्णता, प्रदेश २ कमिटीको विवाददेखि भइपरी आउने कामलाई व्यवस्थित बनाएर लैजान नेपालले आग्रह गरेको स्रोत बताउँछ। दाहालनिकट स्रोतले भने सामान्य भेट मात्र भएको बताएको छ।

अन्य नेतासँग पनि छलफल गरी पार्टी बैठक बोलाउने सोच बनाएको जनाइएको छ। दाहालले ओलीसँगकै छलफलमा स्थायी समिति बैठक बोलाउने विषयमा पनि कार्यविभाजनपूर्व नै मोटामोटी सहमति बनाएका छन्।

नेपाल नेकपामा फरक धारको नेतृत्व गर्दै अगाडि बढिरहेका नेता हुन्। विधि र पद्धतिको विकास गर्नुपर्ने अडानसहित उनले पार्टी एकतायता तीनपटक असहमतिपत्र दर्ता गराएका छन्।

दाहाललाई कार्यकारी जिम्मेवारी र केपी शर्मा ओलीलाई पाँच वर्ष सरकारको नेतृत्व दिने गरी सचिवालय बैठकले बुधबार दुई अध्यक्षको कार्यविभाजन गर्दा भने सर्वसम्मत निर्णय भएको थियो। एकताको १८ महिनापछि दुई अध्यक्षको कार्यविभाजन टुंग्याउँदै नेकपाले दाहाललाई पार्टीको ‘कार्यकारी’ अधिकार दिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार