जनकपुर / जनकपुरधामकी एक महिलाले तिम्ल्याहा बच्चाको जन्म दिएकी छन्। जनकपुरधाम उपमहानगरपालिका १ का बजरंगप्रसाद जयसवालकी श्रीमती २६ वर्षीया अनिषा जयसवालले बिहीबार तिम्ल्याहा बच्चा जन्माएकी हुन्।जनकपुरधामकै ‘धनुषा अस्पताल’मा अनिषा बुधबार भर्ना भएकी थिइन्। शल्यक्रिया पश्चात उनले एक छोरा र दुई छोरी जन्माइन्। छोराको तौल २ किलो रहेको छ भने दुई छोरीको तौल क्रमश १ किलो ७ सय ग्राम र १ किलो ५ सय ग्राम छ।
सबभन्दा डेढ किलो तौल भएको छोरीको स्वास्थ्य गम्भीर रहेको अस्पतालका चिकित्सक बृजमोहन रजकले जानकारी दिए। स्वास्थ्य बिग्रेकाले उनलाई अस्पतालको एनआइसियुमा राखिएको पनि उनले बताए। उनका अनुसार एक छोरा, एक छोरी र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। एकै पटक तीन बच्चा जन्मे पनि बुवा बजरंग जयसवाल खुःशी छन् । उनले बच्चाको स्वास्थ्यको कामना गर्दै भने, ‘तीन बच्चा एकै पटक जन्मे पनि म खुःशी छु।’
यो पनि पढ्नुहोस
काठमाडौं । यही मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एशियाली खेलकुद सागमा करिव चार हजार पाँच सयको सहभागिता हुने भएको छ । यो तथ्यांक खेलाडी र अफिसियलको हो । जसमा सबै भन्दा धेरै नेपालबाट ११ सय ३५ जनाको सहभागिता रहनेछ ।
सागका लागि खेलाडी र अफिसियलको दर्ताको समय समाप्त भइसकेपनि अझै केहि देशले दर्ताको काम जारी राखेका छन् । सागमा आयोजक नेपालले सबै २६ खेलमा भाग लिनेछ । यस्तै श्रीलंकाले २६ तथा बंगलादेशले २५ खेलमा सहभागिता जनाउने भएको छ ।
भारत र पाकिस्ताने २१ खेलमा भाग लिँदैछन् भने भुटानले १४ तथा माल्दिभ्सले ११ खेलमा सहभागिता जनाउने भएको छ । यस पटकको सागमा नेपालपछि श्रीलंकाको टिम ठूलो हुने भएको छ । श्रीलंकाबाट नौ सय ६ जनाको टिम आउने भएको छ ।