मेलम्ची खानेपानी आयोजनाको काम तीब्र गतिमा, नकारात्मक टिप्पणीले आयोजनाको काममा असर- बिना मगर

काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको कामले तीब्रता पाएको छ । चिनियाँ निर्माण कम्पनी सीनो हाइड्रोसंग नयाँ ठेक्का सम्झौता भएसंगै मेलम्ची आयोजनाको निर्माण कार्यले तीब्रता पाएको हो । अहिलेको समयमा आयोजनाको काम अन्तिम चरणमा पुगेको बताइएको छ । मेलम्ची खानेपानी आयोजनाको परिकल्पना गरिएको ४६ वर्ष पूरा भएको छ, भने त्यसको सम्भाव्यता अध्ययन भएको २६ वर्ष पुगेको छ । साथै मेलम्ची खानेपानी आयोजना विकास समिति गठन भएको बीस वर्ष पुगेको छ ।

समिति गठनसंगै आयोजनाको कामले निरन्तरता पाइरहेको छ । तर, समितिले आयोजनाको कामलाई तीब्रताका साथ अगाडि बढाउँदै गर्दा केही नकारात्मक टिका–टिप्पणी पनि हुन थालेको छ, जसले गर्दा आयोजनालाई प्रत्यक्ष÷अप्रत्यक्ष असर परिरहरेको छ । यस आयोजना सुरुभएपछि करिब डेढ दर्जन बढी मन्त्रीहरु खानेपानी मन्त्री बनिसकेका छन् । ती, सबै खानेपानी मन्त्रीहरुको पहिलो प्राथमिकता मेलम्ची आयोजना नै थियो । यसैबीच मन्त्री बिना मगर पनि खानेपानी मन्त्री बन्नुभएको करिब दुई वर्ष पूरा भएको छ ।

खानेपानी मन्त्रीकोरुपमा बिना मगर आउन ुभएपछि आयेजनाको कामले तुलनात्मक रुपमा केही तीब्रतापाएको आभाष गर्न सकिन्छ । किनभने, मन्त्री मगर भन्दा अगाडिका ढेड दर्जन खानेपानीमन्त्रीहरुको पालामा जम्मा आयोजनाको ७४ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । तर, खानेपानी मन्त्रीको रुपमा मगर आउनु भएपछि करिब दुई वर्षमै आयोजनाको २३ प्रतिशत काम सम्पन्न भइसकेको छ । यसरी छोटो समयमै आयोजनाको २३ प्रतिशत काम सम्पन्न गर्दा पनि खानेपानी मन्त्री मगरको आलोचना भइरहेको छ, जसले आयोजनाको बाँकी काममा असर पु¥याउन सक्ने देखिएको छ ।

यो पनि पढ्नुहोस

पोखरा, मंसिर ६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मुलुकलाई ठीक ठाउँमा ल्याउन कांग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने बताएका छन्।
शुक्रबार पोखरा–९ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले चालेका कदम अलोकतान्त्रिक भएको आरोप लगाउए। उनले संविधान, प्रेस स्वतन्त्रता, समावेशीता, गणतन्त्र र संघीयता मास्न सरकार उद्धत रहेको उल्लेख गरे।

“कास्की क्षेत्र नं २ अन्तर्गत केही वडामा कांग्रेसका प्रतिनिधि छन्, प्रदेशमा पनि कांग्रेसकै प्रतिनिधि छन्। त्यसैले प्रतिनिधिसभामा पनि कांग्रेसकै नेता पुगे यस क्षेत्रको विकास कायापलट हुन्छ,’ उनले भने। चुनावी सभालाई सम्बोध गर्दै युवा नेता गगनकुमार थापाले कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गरे। राजनीतिमा सज्जन, सदाचारी, इमान्दारी, आफू र परिवारभन्दा माथि उठ्ने, राजनीतिलाई पेशा नठान्ने मान्छे आवश्यक रहेकाले यी गुण उम्मेदवार पौडेलमा रहेको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार