भारतमा रहेका ४२ हजार गोर्खा सैनिकलाई देश बचाउन फिर्ता आउनका लागि आवहान (भिडियो सहित)

काठमाडौं, ६ मंसिर । नेपालको भूभागलाई पनि दावी गर्दै आफ्नो बनाउने भारतमा ४२ हजार नेपाली गोर्खा सैनिकको रुपमा भारतको भूभाग रक्षाको लागि सकृय छन् । भारतको अन्य मुलुकसंग टसल पर्दा ज्यान गुमाउने नेपाली सैनिक हुन् । पछिल्लो समय भारतले नेपालको भूभाग कालापानी लगायतका क्षेत्रलाई आफ्नो भनेर नयाँ भौगोलिक नक्सा सार्वजनिक गरेको छ । जसका कारण नेपाल भारतबीच सम्बन्धमा चिसो पन आएको छ ।

राजनीतिक दल र सर्वसाधारण सबैले त्यसको विरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतलाई नेपाली भूमीवाट आफ्ना सैनिक फिर्ता लैजान सार्वजनिक अपिल गरिसकेका छन् । प्रधानमन्त्रीको यो भनाईले भारतमा हलचल मच्चाएको छ । प्रधानमन्त्रीले त्यस्तो आह्वान गरे लगत्तै भारतीय राजदुत श्यामशरण नेपाल आएका छन् । तर उनको भ्रमणलाई गोप्य राखिएको छ । यस अघि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तर्फवाट अन्तराष्ट्रिय विज्ञलाई दुत बनाएर नेपाल पठाएका थिए । उनले यहाँका राजनीतिक दलसंग कुराकानी गरेका छन् ।

३ गते देखी पोखरामा नेपाल भारत सीमा सुरक्षा बैठक सुरु भएको र सो बैठकलाई प्रभावित पार्ने मनसायले श्यामशरण नेपाल आएको कुरा सिमा बिज्ञ हेमन्त सेढाईले बताएका छन् । उनले भारतीय सिमाना रक्षाका लागि तैनाथ ४२ हजार नेपालीहरुलाई नेपाल फर्कन आह्वान गरेका छन् । भारतीय भूमी रक्षाका लागि ज्यानको वाजी लगाएर लड्ने ४२ हजार सेना अब नेपाली भूमी रक्षाका लागि फिर्ता आउनुपर्ने उनको भनाई छ ।

यो पनि पढ्नुहोस
वीरगन्ज : सरकारले तोकेको भन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत नेशनल मेडिकल कलेजका विद्यार्थीबीच झडप भएको छ। कलेजका धर्नामा बसेका जुनियर (एमबीबीएस पहिलो वर्षमा अध्ययनरत ) र आन्दोलनको विपक्षमा रहेका सिनियर (दोश्रो , तेश्रो र चौथो वर्षमा अध्ययनरत) सिनियर विद्यार्थीबीच शुक्रबार साँझ झडप भएको हो।

कलेजले लिएको बढी शुल्क फिर्ताको माग गर्दै एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थी शुक्रबार दिउँसो २ बजेदेखि नै धर्नामा बसेका थिए।
धर्ना सकेर आन्दोलनरत जुनियर विद्यार्थी कलेज हातामै रहेको होस्टेल (छात्रवास) मा प्रवेश गर्ने क्रममा सिनियर विद्यार्थीले हातपात गर्दै होेस्टेलमा छिर्न नदिएपछि दुवै पक्षबीच झडप भएको हो।

होस्टेल परिसरमा छिर्ने क्रममा कलेज प्रशासनले खटाएका सिनियर र बाहिरका केही मान्छेले आफूहरूमाथि कुटपिट गरेको आन्दोलनरत एक छात्रले बताए। उनले कलेज प्रशासनबाटै आफूहरू असुरक्षित रहेको दाबी गरे।

झडपपछि पुगेको प्रहरी टोलीले उल्टै कुटपिट गर्ने सिनिनिर विद्यार्थीलाई सुरक्षा दिएर होस्टलमा फर्काएर लगेको ती छात्राले बताए। यसअघि आन्दोलनरत विद्यार्थीले बिहीबार पनि कलेजमा धर्ना दिएका थिए। तर, धर्नामा बसेकै कारण कलेज प्रशासनले ६ घण्टासम्म होस्टलमा प्रवेश गर्न रोक लगाएको विद्यार्थीले बताएका छन्।

नेशनल मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएपछि त्यहाँ एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थी एक महिनादेखि आन्दोलनमा छन्।

शिक्षा मन्त्रालयले बढी उठाइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई निर्देशन हित कारबाहीको चेतावनी दिइसकेको छ। तर, सरकारको उक्त निर्देशन अटेर गर्दै नेशनल मेडिकल कलेजले बढी शुल्क फिर्ता नगरेपछि आन्दोलनरत विद्यार्थी बिहीबारदेखि पुनः धर्नामा बसेका हुन्।

गैरकानुनी तरिकाले उठाइएको शुल्क फिर्ता गर्न सरकारले अल्टिमेटम दिँदा पनि कलेज प्रशासनबाट कुनै प्रतिक्रिया नआएपछि धर्नामा बस्नु परेको आन्दोलनरत विद्यार्थीले बताएका छन्। यता नेशनल मेडकल कलेजका प्रबन्ध निर्देशक एंव संचालक बसरुद्धिन अन्सारीले भने जुनियर विद्यार्थीको आन्दोलनका कारण परीक्षासमेत प्रभावित भएको बताए। ‘जुनियर विद्यार्थीको आन्दोलनको कारण अरू पढ्ने विद्यार्थीलाई नोक्शानी भइरहेको छ’, उनले भने, ‘त्यसैले सिनियर विद्यार्थीहरू आफैँ आन्दोलनको विरोधमा छन्।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार