लोक संगीतको इतिहासमा कहीलै नमर्ने एउटा अमर गीत झलकमान गन्धर्वको “आमाले सोध्लीन” हेर्नुहोस भिडीयो सहीत।

काठमान्डू,
झलकमान गन्धर्वको जन्म (इ.सं. १९३५ -मा भएको हो भने उनको मृत्यु नोभेम्बर २३, २००३) मा भएको हो। उनि एक लोकगायक हुन्। उनले गाईने गीत अथवा गन्धर्व संगीतलाई प्रख्यात गराउनमा मुख्य योगदान पुर्‍याएका थिए।

गन्धर्व संगीत, जुन नेपालका गाईने समुदायका मानिसहरूले मात्र गाउने गर्दछन्, पहिलोपल्ट रेकर्ड तथा रेडियोबाट प्रसारण गर्ने काम झलकमानले नै गरेका थिए। उनको सबैभन्दा लोकप्रीय गीत आमाले सोध्लीन बोलको गीत हो जसमा युद्ध मैदानमा घाईते लाहुरेको अन्तिम सन्देसको रूपमा मार्मिक रूपले गाईएको छ।

यो गीत सुन्दा आज पनी उत्तीनै समधुर लाग्छ,यो गीतले बोकेको भाव अनी झलकमान गन्धर्वको स्वर सबैको मन मस्तिस्कमा ताजै छ,लोक संगीतको इतिहास बोकेको उनको यो गीत किहीलै पुराणो भएन,बर्षौ पहीला सुन्दा जस्तो थियो आज पनी यो गीतको महत्व उत्तीनै छ।यो लोक संगीतको इतिहासमा कहिलै नमर्नै एउटा सधाबाहार गीत हो।हेर्नुहोस उक्त गीत भिडीयो सहीत।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार