विदेश जाने कामदार र म्यानपावर व्यवसायीबीच भेटै नहुने व्यवस्था गर्दै थिएँ : गोकर्ण विष्ट

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जनताको पक्षमा काम गर्दैगर्दा आफूले योजनाअनुरुप काम गर्न नपाएको गुनासो गरेका छन् । शुक्रबार रातोपाटी डटकमको स्टुडियोमा रोहित दाहालसँगको कार्यक्रम ‘वारपार’ कार्यक्रममा बोल्दै निवर्तमान मन्त्री विष्टले जनताको पक्षमा अझै धेरै कामको योजना ल्याएको भएपनि ती चाहना, प्रयत्न र योजना योजनामै सीमित राख्नुपरेको गुनासो गरेका हुन् ।

यति चाँडै आफू बाहिर आउनुपर्ला भन्ने नसोचेको बताउँदै वैदेशिक रोजगार र श्रमको क्षेत्रमा सुधारको योजना बनाएपनि पूरा गर्न नपाएको बताए । यद्यपि आफू बाहिर हुनु र भित्र हुनुमा खुसी वा दुख केही नभएको भन्दै काम गर्न दिएकोमा प्रधानमन्त्रीलाई धन्यवादसमेत दिए ।

उनले भने, ‘हामीले असल मनसायका साथ इमानदारीपूर्वक काम गर्यौँ । जति समय काम गरें, राम्रोका लागि नै गरें । अहिले नयाँ साथी आउनुभएको छ, उहाँहरु मभन्दा योग्य हजारौं साथीहरु हुनुहुन्छ । त्यसकारण यो क्षेत्र अझै राम्रो हुन्छ भन्ने अपेक्षा गरेको छु ।’

वैदेशिक रोजगारीको क्षेत्रमा क्रान्ति हुने काम गर्न पाइन

निवर्तमान मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा क्रान्ति आउने गरी काम गरिरहेको तर त्यो कुरा पूरा गर्न नपाएको बताए । उनले भने, ‘अबको करिब १५ दिनमा लागू गर्ने गरी अनलाइन सिस्टम ल्याउँदै थियौँ ।

यदि त्यो सिस्टम लागू गर्न पाएको भए वैदेशिक रोजगारीमा जाने श्रमिक र म्यानपावर व्यवसायीबीच भेट नै हुनु नपर्ने व्यवस्था गर्दै थिएँ । यसले वैदेशिक रोजगारीको क्षेत्रमा नयाँ क्रान्ति नै ल्याउँथ्यो । तर त्यो काम पूरा गर्न पाइन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार