विदेश पठाइदिन्छु भन्दै ५० जनासँग ५० लाख उठाएर महिला टाप…

सुमन तिमल्सिना, माेरङ /वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाउने भन्दै मोरङकी एक महिलाले ५० जनासँग ५० लाख रुपैयाँ ठगी गरेर फरार भएको उजुरी परेको छ ।मोरङको सुन्दरहरैचा नगरपालिका-१० विराटचोक बस्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल (बिडारी) ले ५० जना युवासँग प्रतिव्यक्ति एक लाख र एक जनासँग दुई लाख रुपैयाँ ठगी गरेको विराटनगरमा रहेको श्रम कार्यालयमा उजुरी परेको छ।

कात्तिक तेस्रो सातबाट उनी सम्पर्कविहीन बनेपछि पीडितहरुले आवश्यक प्रमाणका आधारमा श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन् । पीडित युवाहरुको उजुरीका आधारमा श्रम कार्यालय विराटनगरले कारबाही अघि बढाएको छ ।

विदेश पठाउने नाममा ठगी धन्दा चलाएर ठूलो रकम हात पार्दै आफै विदेश भाग्न सक्ने भनेर युवाहरुले लक्ष्मीको एअरपोर्ट रोक्काको माग गरेर उजुरी दिएका हुन् ।

उजुरी परेपछि पासपोर्ट नम्बर ०८६२४३९५ रहेकी लक्ष्मीलाई विदेश जान रोक लगाउँदै एयरपोर्ट रोक्का गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार