शान्ति श्रि परियारकॅ स्वरमा ““अंगालोमा बेरी“ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ / नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको छ ।

मिरर म्युजिक नेपालको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक सुरज शाही को आवाजमा सजिएको लोकदोहोरी गीत “अंगालोमा बेरी“ गीतको अडियो तथा भिडियो बजारमा आएको छ ।

आफना प्रेमीको यादमा नै जिवन अहिले सम्म बाँच्न सफल भएको गायिका शान्ती श्री ले बताइन । जिवनका अनेकौ चोटहरुलाई सहेर भएपनि आफनो प्रेम सफल बनाउनको लागी आफु लागी परेको कुरालाई गीतमा ब्यक्त गरिएको छ । अनु रोक्काको शब्द तथा सुरज शाहीको लय सिर्जना प्रस्तुत गीतमा रहेको छ ।

सन्तोष बस्यालको छायाँकन , प्रविण रेश्मी मगरको सम्पादन , सुमन थापा मगरको निर्देशन भिडियोमा रहेको छ ।, “अंगालोमा बेरी“ गीतमा सुमन थापा मगर र रविना थापा को अभिनय रहेको छ । हामी यस गीत संग समबन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार