यि हुन इन्टरनेटमा सबैभन्दा बढी खोजिने नायिका

काठमाडौँ । प्रियंका चोपडाको नाम बलिउडमा मात्र होइन् , अन्तराष्ट्रिय स्तरमै स्थापित भएको छ । उनी विश्वकै सबैभन्दा धेरै मन पराइएको सेलीब्रटी हुन् । हालै गरिएको एक सर्वेक्षण अनुसार प्रियंका चोपडा विश्वमै इन्टरनेटमा धेरै खोजिएको अभिनेत्रीको सूचीमा परेकी छिन् ।

प्रियंकाले यो स्थानमा सलमान खान , शाहरुख खान र अमिताभ बच्चनलाई पछि पारेकी छिन् । अक्टुबर २०१८ र १०१९ मा गरिएको सर्वेक्षण अनुसार प्रियंकाको नाम इन्टरनेटमा २.७४ मिलियन पटक खोजिएको छ ।

यो लिस्टमा दोस्रो र तेस्रोमा बलिउड अभिनेत्री दीपिका पादुकोण र सन्नी लियोनीको नाम पनि रहेको छ । पछिल्लो समय उनी ‘द स्काई इज पिंक’ मा देखिएकी थिइन् । तर यो फिल्म बक्स अफिसमा असफल साबित भयो । यसले प्रियंकालाई केही फरक पारेन् । अहिले उनको नाम विश्वभर चर्चामा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार