धार्मिक स्थल जादै गरेको बस दु’र्घटना : बालकसहित १२ जनाको ज्या’न गयो, १० जना घाइते…

नयाँ दिल्ली, सिन्हवा – भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको एक बस दुर्घ’टनामा परी कम्तीमा १२ व्यक्तिको मृ’त्यु भएको छ । यस दु’र्घटनामा एक बालक र पाँच महिलासहित १२ को मृ’त्यु हुनुको साथै अन्य १० जना घाइते भएका स्थानीय प्रहरी स्रोतले जनाएको छ ।

दु’र्घटना भएको सो बसका यात्रुहरु दक्षिणपश्चिमी राज्य महाराष्ट्रको लातूर जिल्लाबाट उत्तरी राज्य हरियाणाको हिसार जिल्लामा रहेको धार्मिक स्थलमा गइरहेका प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई जनाएको छ ।

शनिबार बिहान ३ः३० बजे राजस्वको नागुर जिल्लाको किशनगढ ज्बल हनुमानगढ़ राजमार्गमा एक मिनीबसले सडक डिभाइडरलाई ठक्कर दिएपछि सो दु’र्घटना भएको जनाइएको छ ।  बसचालकले गाडीको नियन्त्रण गुमाएपछि उक्त दुर्घटना भएको थियो ।

उक्त दु’र्घटना नागौर जिल्लाको कुचामन शहरको नजिक भएको थियो । चार घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ, ।  छ जना गम्भीर घाइतेलाई राज्यको राजधानी जयपुरको सुपर स्पेशलिटी अस्पताल लगिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार