ससुराले दाइजोमा दिएको मोटरसाइकल पास नगरीदिएको कारण पतिले गरे पत्नीको ह’त्या…

धनुषाको मिथिला बिहारी नगरपालिकामा एक जनाले दाइजोमा पाएको मोटरसाइकल नामसारी नगरेको रिसमा पत्नीको ह’त्या गरेका छन् ।

मिथिला बिहारी नगरपालिका–३ स्थित मिथिलेश्वरका करिब २८ वर्षका प्रकाश मण्डलले दाइजोमा लिएको मोटरसाइकल ससुराली पक्षले नामसारी नगरिदिएको भन्दै करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको ह’त्या गरेको आरोप ससुराली पक्षले लगाएको छ ।

कुसुमलाई उनका ससुरा रामचन्द्र मण्डलले उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याएका थिए। कुसुमको श’व अस्पतालमा लगिसके पछि उनी फरार भएका थिए ।

शनिबार बिहानी माइती पक्षले घट’नाबारे जानकारी पाएपछि मात्रै अस्पताल पुगेका थिए । कुसुमका बुवा जीबछ मण्डलले दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका गर्न नसकेको जनाए । मोटरसाइकल नामसारी नगरेकै कारण आफ्नो छोरीको ह’त्या भएको उनको आरोप छ ।

‘ज्वाइँ प्रकाशले मोटरसाइकल नामसारीका लागि पटकपटक द’बाब दिँदै आएका थिए,’ जीबछले भने, ‘तर आर्थिक अभावका कारण नामसारी गर्न सकेनौं । त्यही झोंकमा मेरो छोरीलाई ह’त्या गरेको हो ।’
घटनाबारे गाउँलेले जानकारी दिएपछि अस्पताल आएको उनले बताए । कुसुमको श’व अहिले प्रादेशिक अस्पतालको पो’ष्टमार्टमका लागि राखिएको छ ।

डेढ वर्षअघि कुसुमसँग प्रकाशको विवाह भएको थियो । विवाहमा २ लाख रुपैयाँ नगद, १ सय ५० सिसीको अपाचे मोटरसाइकल, सुन र १५ तोला चाँदी दाइजो दिएको मृ’तक कुसुमका माइती पक्षको भनाइ छ ।

घट’ना शंकास्पद देखिएको भन्दै प्रहरीले कुसुमका श्रीमान प्रकाशलाई प’क्राउ गरेको छ । प्रहरी उपरीक्षक शेखर खनालले आरोपित प्रकाशलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुस’न्धान सुरु गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार