भाइरल तरकारीवाली कुसुम श्रेष्ठले गरिन् विवाह

काठमाडौं /भाइरल तरकारीवाली कुसुम श्रेष्ठले विवाह गरेकी छन् । गोरखाको गण्डकी गाँउपालिका -६, बाग्लिङ घर भएकी श्रेष्ठले मंसीर ६ गते शुक्रबार धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी हुन् ।

फोटोपत्रकार रूपचंन्द्र महर्जनले सन् २०१६ अक्टोवर २८ अर्थात २०७३ साल कार्तिक १२ गते गोरखा र चितवन जोड्ने फिस्लिङको पुलमा गोलभेडाको क्रेट बोक्दै गरेको उनको तस्विर सामाजिक सञ्जाल फेसबुक र टुइटरमा अपलोड गरेका थिए ।त्यसको केही घण्टाभित्रै उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार