काठमाडौँ। करेन्ट लागेर दुवै हात गुमाएकी बिराटनगरकि मेघा घिमिरेले कृतिम हात लगाएकी छिन । समाजसेवी रीना केसी र नारी केसी फाउन्डेसनको पहलमा उनी अमेरिकामा हात लगाएर नेपाल आएकी हुन् ।
हात सँगसँगै उनको जीवनमा फेरी खुसि पनि थपिएको छ । करिब ४० दिनपछि अमेरिकामा हात लगाएर नेपाल आउदा उनले अर्को नया जीवन पाएको खुसि साटिन ।
नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लगेको हो । संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लगेर दुवै हात लगाईदिएको हो।हात लगाएर नेपाल आएपछि उनि निकै खुसि छिन।
मेघा घिमिरेले हात गुमाएको ४,५ बर्षसम्म कठिन जीवन व्यतित गर्दै आएकी थिइन्। सामाजिक सञ्जालमा दुवै हात गुमाएका कृष्ण ओली एकाएक भाइरल भएर सहयोगी हात जुट्न थालेपछि मेघाको पनि उस्तै भिडियो सार्वजनिक भएको थियो ।
त्यसपछि थुप्रै सयहोगीहरुले उनलाई सहयोग गर्दै आएका थिए । दु:खको घडीमा सहयोग गर्ने र मिडियालाई पनि उनले धन्यवाद दिईन ।