धादिङ / धादिङमा जन्ती बोकेको बस दु’र्घटना हुँदा एक जनाको ज्या’न गएको छ भने ४० जना घा’इते भएका छन् ।नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारमा आइतबार बिहान दुर्घ’टनामा परेको हो ।
दुर्घ’टनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङको ज्या’न गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो ।
घ’ाइते भएका ४० जना मध्ये १७ जनाको अवस्था ग”म्भीर रहेकोले उप उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।
(फाईल तस्विर)