भ्वाइस अफ नेपालको टप ८ मा पुर्वकी चेली मेचु धिमाल…

धनकुटा । मोरङको उर्लाबारीकी चेली मेचु धिमाल द भ्वाइस अफ नेपालको टप ८ मा परेकी छिन् ।शुक्रबार प्रसारित भ्वाइस अफ नेपालमा उत्कृष्ट गीत प्रस्तुत गरेकी मेचु टप ८ मा पर्दा बल बहादुर राजवंशीले स्टेज छोड्नु परेको थियो ।

धिमालले सबै सहयोगीरुलाई धन्यवाद दिंदै शनिबारको एपिसोडको लागि पुन: आफुलाई भोटको लागि सामाजिक संजाल फेसबुक मार्फत अपिल गरेकी छन् !

हेर्नुहोस् जस्ताको तस्तै :

हजुरहरु सबैमा नमस्कार सेउपाखा

सदा झै यस पटक पनि तपाईहरुको अमुल्य मतले टप ८ मा पुग्न सफल भएकोमा सव्रप्रथम त हजुरहरुलाई हृदय देखी नै धन्यवाद तथा आभार प्रकट गर्दैछु । आफ्नो बलबुता र क्षमताले भ्याएसम्म मेहेनत गरेर उत्कृष्ठ प्रस्तुति दिने क्रम जारी नै छ मेरो । त्यसमा पनि तपाईहरुको साथ माया र स्नेह भुल्न नसक्ने छ । हुन म अहिले के नै पो दिन र सक्छु र धन्यवाद शिवाय । यस्तै साथ सहयोग मिले एकदिन नेपाली साँगीतिक क्षेत्रलाई उज्जवल बनाउदै आफु आफ्नो ठाउँ गाउाको नाम राख्न सक्नेछु भन्ने विश्वास ममा भरिएको छ तपाईहरु आदरणियले गर्दा ।

तपाईहरुको मतको अगाडी मेरो धन्यवाद पनि सानो हुन सक्छ तर पनि आफ्नै छोरी चेली दिदी बहिनी सम्झेर यस्तै यस्तै अझ धेरै माया गरिदिनुहोला । आजको प्रस्तुति कस्तो मैले सुधार गर्नुपर्ने पक्ष के छन् । त्यो पनि औल्याईदिनुहोला । किनकी मेरो लागि हजुरहरुको सुझाप मार्गदर्शकन हुनेछ ।  टप ७ को लागि स्पर्धा रहेकोले अझै धेरै मत गरिदिनुला मेरो विशेष आग्रह छ ।

अन्त्यमा फेरि पनि भन्न चाहान्छु,

नेपाली हामी रहौला काँहा नेपालै नरहे
उचाँई हाम्रो चुलिन्छ काँहा हिमालै नरहे

मेचुलाई भ्वाइस अफ नेपालको स्टेजमा फेरी पनि देख्न चाहनुहुन्छ भने भोट अत्याधिक गर्नुहोस् । नेपालबाट म्यासेज वक्समा गएर ०६ टाइप गरी ३७००० मा पठाउनु होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार