भाइरल कमला घिमिरे पप गीत गाउन पनी अब्बल ..

काठमाडौं / प्रतिभाको खानी लोक दोहोरी गीत गाएर भाइरल बनेकी धादिङकी ११ बर्षिया बाल गायिका कमला घिमिरेले गायक संजिव राना मगरको पप गीतबाट मोडलिङमा डेब्यु गरेको छ ।

आज मात्र सुटिङ सम्पन्न भएको गायक रानाको गीतमा भाइरल कमला घिमिरेको उत्कृष्ट अभिनय देख्न पाउने भएको छ ।

भर्खरै मात्र “चिया छानेको” बोलको पहिलो गीत रेकर्ड गराएर थप चर्चा कमाएकी कमला घिमिरेले मिडियामा गाउन भन्दा नाच्न सजिलो भएको बताएकी छिन् ।

भक्तपुरमा सुटिङ भएको उक्त गीतको भिडियो चाडै नै बजारमा ल्याउने गायक संजिव रानाले जानकारी गराए ।

दोहोरीमा शब्दलाई विशेष रुपमा लिने गरिन्छ । प्रत्यक्ष दोहोरीमा सवालजवाफ गर्न माहिर कमला पछिल्लो समय अन्य कलाकारहरु झै ब्यस्त छिन् । पढाइलाई पनि निरन्तरता दिइरहेकी कमलालाइ स्टेज कार्यक्रममा पनि भ्याइनभ्याई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार