‘सेल्फी किङ’ सँग भिड्ने भयो विराज भट्टको ‘साङ्लो’

काठमान्डू,
सिंगल थिएटरका ‘बादशाह’ मानिने अभिनेता विराज भट्टले पहिलो पटक निर्देशन गरेको फिल्म ‘साङ्लो’ पूर्व घोषित मितिभन्दा दुई हप्ता अगाडि नै प्रदर्शनमा आउने भएको छ । आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने तय भएको छ । यो मितिमा यसअघि नै अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ छ ।

फागुन ९ मा ‘धुर्मुस सुन्तली’ को अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ आउने भएपछि विराजले ‘साङ्लो’ लाई दुई हप्ता अगाडि नै प्रदर्शन गर्न लागेका हुन् । अब, यो फिल्मको बक्सअफिसमा ‘सेल्फी किङ’ सँग भिडन्त हुनेछ । नयाँ प्रदर्शन मितिसहित शनिबार निर्माण टिमले ‘साङ्लो’ को नयाँ पोस्टर सार्वजनिक गरेको छ । जसमा विराज र नव-अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् ।

विराज र निकिताको जोडी बाँधिएको यो फिल्मको बिहीबार पहिलो गीत सार्वजनिक हुँदैछ । फिल्मले किड्नी तस्करीको कथा वाचन गर्ने बताइएको छ । छायांकनको क्रममा डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्याएपछि यो फिल्म विवादमा तानिएको थियो । छायांकन अगाडि विराजले प्राविधिक कुटेपछि पनि फिल्म विवादमा घेरिएको थियो ।

फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । यसअघि उनले फिल्म ‘लभ स्टेशन’ मा पनि भिलेनको भूमिका निभाएका थिए । मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’ मा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । विराजले करीब ३ वर्षदेखि नेपाली फिल्ममा कमब्याक गर्दैछन् । उनी अभिनीत पछिल्लो फिल्म ‘जय परशुराम’ हो ।

यो पनि पढ्नुहोस
नेपालमा रेल र सुरुङ मार्ग निर्माणको विषय वर्षौँदेखि चर्चामा छ । तर अहिलेसम्म कुनै सुरुङमार्ग र रेल मार्गको काम पूरा हुन सकेको छैन । सितापाइला – नौबिसे सुरुङ मार्गको शिलान्यास भएको छ, तर काठमाण्डौमा मोनो र मेट्रा ेरेलको लागि भने काम सुरु भएको छैन ।

रेल मार्ग र सुरुङ मार्गको लागि लगानी नभएको भन्दै सरकारी गुनासो त आइरहन्छ नै मोडालिटीको बारेमा पनि उत्तिकै बहस र विवाद आइरहेका हुन्छन् । केही विज्ञले नेपालमा रेल र सुरुङ मार्ग खास आवश्यकता नभएको भन्छन् भने केहीले नेपालजस्तो देशमा रेल र सुरुङ मार्ग नभइ नहुने जिद्दी गर्छन् ।

नेपालको सडक यातायात र रेलको विषयका बहसमा आशिष गजुरेलको नाम पनि आइरहन्छ ।

गजुरेलले विशेषगरी शहरी क्षेत्रको यातायात पूर्वाधार कस्तो हुनुपर्छ भनेर धेरै अन्तर्राष्ट्रिय मञ्चमा पनि सहभागिता जनाइसक्नुभएको छ । गजुरेलले जर्मनको टेक्निकल युनिभर्सिटीबाट यातायात इञ्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ । नेपालमा सुरुङ मार्ग र रेलको विषयमा अर्जुन पोख्रेलले सहरी यातायात पूर्वाधार विज्ञ आशिष गजुरेलसँग कुराकानी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार