काठ्माडौं, नेपाली गीत संगीतमा निकै लामो समय देखि निरन्तर रुपमा काम गर्दै आएका शर्जक प्रदिप अधिकारी एपिक नेपाल म्युजिक अवार्ड मा “सारै मन अत्याउने” गीत मार्फत उत्कृष्ट शर्जकका रुपमा नोमिनेसन टप ५ मा परेका छन्।
प्रदिप अधिकारी पछील्लो समयका एक जल्दा बल्दा शर्जक को नाम हो,उनका अहिले सम्म १६० भन्दा बढी गीतहरु बजारमा आई सकेका छन।२०६४ साल बाट आफ्नो सांगीतीक यात्रा सुरु गरेका प्रदिपको पहीलो गीत”आँखैको छायालाई..मर्नै परे मरुला बरु मै छोड्दीन मायालाई”हो ।
त्यस पछीका उनका गीतहरु बेशी वेलघारी,अंगुर फल्ने झुप्पा,फेरी भेट होलानी साँईली” जस्ता थुप्रै गीतहरु बजारमा चर्चाको शिखरमा पुगे,पछील्लो समय बजारमा आएको उनका गीतहरु “माफ गर है सानु“ “हेर ओई दैव हेर” “बेली र चमेली” जस्ता गीतहरुले पनी बजारमा राम्रो सफलता पाएका छन्।
अधिकारीलाई भोट गर्न उनको भोटिङ कोड मोबाईलको मेसेज बक्समा EMA 125 टाईप गरी एक स्पेज दियर 38687 मा मेसेज गर्नुहोला …