बस्तीमा ख’स्यो बिमान, २४ जनाको नि’धन !

काठमान्डू,
विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृ’ त्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् । विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कङ्गोको घना वस्तीमा खसेको थियो । विमानमा दुई चालका दलका सदस्यसहित १७ यात्रु रहेका थिए । उनीहरूलाई जीवित भेट्ने सम्भावना निकै कम भएको उद्धारका कार्यका लागि घटनास्थलमा तैनाद सुरक्षाकर्मीले बताए ।

“अहिलेसम्म २३ जनाको मृ’ त शरीर घटनास्थलबाट निकालिएको छ,” गोमास्थित उद्धार टोली संयोजक जोसेफ माकुन्दीले एएफपीलाई बताउनुभयो । गोमा विमानस्थलका अधिकारी रिचार्ड मङ्गोलोपाले एएफपीसँगको कुराकानीमा दु’र्घटनामा कुनै पनि यात्रु जीवित उद्धार गर्ने सम्भावना क्षीण रहेको बताउनुभयो । गोमाबाट उत्तरी क्षेत्रमा रहेको बेनीका लागि विहान करिब ९ बजे उडेको ‘डोर्नियर–२२८’ विमानस्थलबाट ३५० किलोमिटर टाढा आवास क्षेत्रमा खसेको कङ्गोका अधिकारीहरूले पुष्टि गरेका छन् ।

दुर्घटनाग्रस्त विमान कम्पनी ‘बिजी बी’का हेरिटिएर सैयद मोमादाउले विमानमा दुई चालक दलका सदस्यसहित १९ जना रहेको बताउनुभयो । बिजी बीका तीन विमानले उत्तरी किभू प्रान्तका विभिन्न रूटमा सेवा दिँदै आएको थियो । विमान कम्पनीका एक प्राविधिकले प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त भएको बताएका स्थानीय अनलाइन एकुलेट डट कमले उल्लेख गरेको छ ।विमान वस्तीमा खसेको तर त्यहाँ कतिको मृ’ त्यु भएको वा घाइते भएको भन्ने जानकारी आइसकेको छैन ।

यो पनि पढ्नुहोस
सुर्खेत – राष्ट्रिय बीमा संस्थान सुर्खेत शाखाले कर्णाली प्रदेशमा पहिलोपटक तीन दिने बीमा अभिकर्ता तालिम सम्पन्न भयेको छ ।

कार्यक्रममा मंसिर ६ देखि ८ गतेसम्म भएको कार्यक्रममा ३३ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा बीमा र यसका महत्व, सिद्धान्त र प्रकारहरु, बीमा ऐन, नियामावली तथा विनियमावलीहरु, बीमा संस्थानमा प्रचलित बीमालेखहरु, बीमा बजारीकरण र अभिकर्ता व्यवसाय वृद्धिका तरिकाहरुका बारेमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानको भावी कार्यदिशा तथा यस क्षेत्रको विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा प्रकाश पार्नुभएकाे थियाे ।

यस बाहेक संस्थानका सुर्खेत शाखा प्रमुख रमेश उपाध्यायले बीमाको इतिहास र राष्ट्रिय बीमा संस्थानको परिचय तथा काम कर्तव्यबारे जानकारी दिनुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार