यी हुन एसपी भुपेन्द्र खत्री जस्ले १२ बर्ष अघिको घट’नाका आ’रोपित अलामलाइ ह’तकडी (भिडियो सहित)

मोहम्मद अफ्ताव आलमको १२ वर्ष पुरानो मुद्दाको अनुसन्धान एउटा टुंगोमा पुर्याएर रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जनमानसमा प्रहरीको साख उठाएका छन्।

खत्रीसामु अब जिल्लाका अन्य जघन्य अ पराध अनुसन्धान अघि बढाउने जिम्मेवारी पनि थपिएको खबर आजको हिमाल साप्ताहिमा मुकेश पोखरेललले लेखेका छन्। ०७५ वैशाख १२ मा रौटहट पुग्दा उनीसँग जिल्लाको नेतृत्वको अनुभव थिएन।

तर, अनुसन्धानमा अनुभवी खत्रीलाई आलमको मुद्दालाई अघि वढाउन संगठित अपराध अनुसन्धानको अनुभवले ठूलो मद्दत गर्यो। प्रहरीप्रति सर्वसाधारणको भरोसा कम भएकाले सुरक्षाको प्रत्याभूति दिलाउँदै साक्षीहरुलाई विश्वासमा लिनु कम चुनौतीपूर्ण थिएन। तर, त्यो चुनौतीपूर्ण काम उनले पूरा गरेका छन्।

गएको चैत अन्तिम हप्ताबाट सुरु अनुसन्धान ६ महिनापछि टुंगोमा पुग्दा ८५१ पेजको फाइल तयार भयो। प्रमाण जुटाएर २६ असोजमा पक्राउका लागि पुगेका खत्रीलाई आलमले उल्टै हत्कडी लगाउने ध म्की दिएका थिए। तर, उनले विचलित नभइ अनुसन्धान अघि वढाए। यतिबेला आलम नक्खु कारागारमा बन्दी जीवन विताइरहेका छन्।

आलमको भिडियो सार्वजनिक भएपछि प्रहरी तनावमा..

तीनवटा मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका निलम्वित सांसद मो.आफ्ताव आलम र प्रहरी अधिकृतबीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत तनावमा छन्।

असोज २६ गते बिहान आलमलाई पक्राउ गरी इद्रिसगेटदेखि गौर ल्याउने क्रममा जीपमा भएको भिडियो सम्वाद आलम पुर्पक्षका लागि जेल चलान भएपछि सार्वजनिक भएको हो। भिडियो सार्वजनिक भएको विषयमा प्रहरी अधिकारीहरू नै अन्यौलमा छन्। आलमलाई पक्राउ गर्न गएका एक प्रहरी अधिकृतले जीपमा आलमसँग सम्वाद गरेका थिए। आलमले प्रहरी अधिकृतलाई थर्काउँदै जिल्लामा आ गो लगाइदिने समेत भनेका थिए।

हाइप्रोफाइल व्यक्तिलाई पक्राउ गर्दा कसरी गरिएको थियो र उनी कुन अवस्थामा थिए, मानवअधिकार र प्रचलित कानुनको खिलाफमा गरिएको थियो की भन्ने बारेमा कुनै निकायले प्रश्न गर्दा प्रमाणको लागि जीपमै सम्वाद रेकर्ड गरिएको प्रहरीको भनाइ छ।

एक प्रहरी अधिकृतले भने, ‘हाइ प्रोफाइलका भीआइपीलाई पक्राउ गर्दा पछि जवाफ दिन सजिलो होस् भन्ने उद्देश्यले यस्ता प्रमाण प्रहरीले राख्ने गर्छ।’ जिल्ला प्रहरी कार्यालयले मुद्दाको अनुसन्धान पछि भिडियो जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालय गौरमा बुझाएको थियो।

भिडियो कसरी बाहिरियो भन्नेमा आफूहरू अचम्ममा परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्कीले बताए।

भिडियोका कारण अनावश्यक तनाव थपिएको उनले प्रतिक्रिया दिए। डीएसपी कार्की सोमबार बिदामा घर गएका छन्। आलमलाई कारागार चलान गरिएकै दिन जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटवाल र न्यायाधीश दीपक ढकाल पनि बिदामा बसेका थिए। आलमविरुद्ध ३२ वर्ष कैद सजाय माग दाबीसहित कात्तिक १९ गते तीनवटा मुद्दा दर्ता भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार