काठमाडौं / यतिबेला सामाजिक सञ्जालमा रमेश प्रसाईंको तस्बिर भाइरल भइरहेको छ । समसामयिक बिषयमा चर्को बोलेर चिरपरिचित बनेका धरानका प्रसाईंले केही दिन अगाडि चन्द्रागिरीमा एक जना महिला सँग खिचेको तस्बिरमा उनलाई बधाईको ओइरो लागेको छ।

प्रसाईं निकट सञ्चारकर्मी जीवन बिष्टले उक्त तस्बिर सामाजिक सञ्जालमा “नयाँ आयाम” लेखेर पोस्ट गरेपछि धेरै जना झुक्किएका छन् । रमेश प्रशाईले बिबाह गरेको होकी भन्ने अझै तपाईंमा भ्रम छ भने , तपाईं गलत सोच्दै हुनु हुन्छ ।
को हुन रमेश प्रसाईं सँग तस्बिर खिच्ने महिला ?
राजधानी नजिकैको चन्द्रागिरी हिल्समा प्रसाईं सँग तस्बिर खिच्ने व्यक्ति हुन् नन्दा सिं, उनले सामाजिक सञ्जालमा तस्बिर साझेदारी गर्दै लेखेकी छिन् : “एक जना सेलिब्रेटी सँग तस्बिर खिच्दैमा गलत सोच्ने कस्तो समाज हो”।
