हेदाहेर्दै खरानी बन्यो तीनतले घर…

जुम्ला – चन्दननाथ नगरपालिका कालेखोलीका गोविन्द भण्डारीको वर्षौँदेखिको सपना आगोको लप्काले निमेषभरमै खरानी बनायो । आइतबार मध्यान्ह भण्डारीको घरमा लागेको आगोले विपद्को रुप लियो । हेर्दाहेर्दै तीनतले घर खरानीमा परिणत भयो । सिंगो गाउँमा त्रास छायो । आगो नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खटिए । तर स्रोतसाधन नहुँदा तत्काल आगलागी नियन्त्रणमा लिन कठिन भयो । स्थानीय प्रत्यक्षदर्शी कर्णबहादुर भण्डारीले भन्नुभयो, ‘नजिकै दमकल भएको भए आगो नियन्त्रणमा लिन सकिन्थ्यो होला, धेरै काठ प्रयोग गरेर बनाइएको घर बेस्सरी जलिरह्यो, हामीले टुलुटुलु हेर्न बाहेक केही गर्न सकेनौँ । कोठा भएको तीनतले घर ६ घण्टासम्म निरन्तर जलिरह्यो । आगो निभाउन सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासीले गरेको प्रयास सफल भएन । अन्त्यमा आगलागी नियन्त्रणमा लिन डोजरको प्रयोग गरी घर भत्काउनु पर्‍यो ।  पुरा समचार पढ्न यहाँ थिच्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार