चेतन बोहराको “चल्दन्छु बम्बइ’ सार्वजनिक(भिडियो)

काठ्माडौं, सुदुरपश्चिममा जन्मेर गित संगितमा लागेको छोटो समयमै सबैको मन मुटुमा बस्न र चर्चा कमाउन सफल गायक हुन् चेतन बोहरा । गायन संगै उनी अहिले आफ्नो गितमा आफै मोडलिङ समेत गरिरहेका छन् ।

सुरुमा देउडा तथा दोहोरी गितवाट नेपाली गितसंगितमा प्रबेश गरेका बोहराले पछिल्लो समय सुदुरपश्चिमका कला , भाषा र शब्दहरु समेटेर तयार पारिएका धौलीको ब्या , अम्बर डम्बर , मेरी लाली , जन्त बजाउन्या , भैकर सोझी , हात पैतली , माल जस्ता दजनौ डिजे गितहरु बजारमा ल्याइसकेका छन् । जो अहिले पनि निकै चर्चामा रहेका छन् ।

यसैक्रममा उनले भरखरै फेरि एउटा नौलो ‘चल्दन्छु बम्बइ’ बोलको गित बजारमा ल्याएका छन् । यसअघिका गितहरुले बजारमा राम्रो सफलता प्राप्त गरेपछि फेरि युवा पिढीलाई नचाउने खालको गित ‘चल्दन्छु बम्बइ’ आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । गायक चेतन बोहराको आफ्नै शब्द संगित रहेको यस गितमा कृष्ण थापाको र्याफ रहेको छ ।

चर्चित निर्देशन बिक्रम चौहानले निर्देशनमा तयार पारिएको यस गितको म्युजिक भिडियोमा गायक बोहरासंगै पुजन घिमिरे र खुसी केसीले अभिनय गरेका छन् ।

घरमा बा आमाले पढाई गर्ने भन्ने काम मात्रै लगाउने तर ठुलो भएको छोरोको बिहे नगरिदिने भएपछि बम्बई तिर जाने कुरालाई गितमा समेटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार