बिजुलीको पोलमा तार नभय पछी,स्थानीयले लगाए ‘खर’को कुन्यू

डडेल्धुरा :विद्युतको पोलमा खर राखिएको भन्दा तपाईं अचम्मित हुनु भयो होला तर यो सत्य कुरा हो। डडेल्धुरा नवदुर्गा गाउँपालिकाको एक गाउँमा विद्युतको पोलमा विद्युतको तार नभइ खर राखिएको छ।नवदुर्गा गाउँपालिका–१ लेकाली बस्ती पलेत्थर गाउँमा तीन वर्ष पहिले विद्युतको पोल गाडिएको भएपनि तार नतानीएपछि स्थानीयहरूले पोलमा खर राखेका हुन्। 

विद्युतको लाइन विस्तारका लागि पोल गाडेको तीन वर्ष भइसक्दासम्म पनि तारसम्म नतानिँदा पलेत्थर गाउँका स्थानीयले पोलमा गाईगोरुलाई खुवाउनका लागि खर राखेका हुन्।

गाउँमा पोल गाडिएसँगै विजुली बाल्ने आसमा बसेका पलेत्थर गाउँका २० घर परिवार सोलार बत्ती र दियालोको भरमै बस्न बाध्य छन्।

२० घर परिवार रहेको उक्त गाउँमा विद्युत बिस्तारका लागि नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले तीन वर्ष पहिले सात वटा विद्युतका पोल दिएको थियो। स्थानीय बासिन्दाहरुले बिजुली बाल्ने आसले पोल गाडेको भएपनि तीन वर्षसम्म पोलमा तारसम्म तानिएन।

पोलमा तार नतानिँदा स्थानीले गाईगोरुलाई खुवाउनका लागि जम्मा गरिने ‘खर’ राखिदिएका हुन्।घर नजिकै गाडीएको विद्युतको पोल हेरेर बस्नु बाहेक अन्य कुनै विकल्प नरहेको नवदुर्गा गाउँपालिका–१ का स्थानीय प्रेम बुढाऐरले बताए।

विद्युतको तारसम्म तान्नका लागि नेपाल विद्युत प्राधिकरण वितरण शाखा डडेल्धुरालाई पटकपटक आग्रह गर्दा पनि सुनवाइ नगरेपछि करिब तीन वर्षदेखि बिजुली बाल्ने सपना पूरा नभएको उनको भनाइ छ।

‘यहाँ २५÷३० वटा घर छन्। बत्ती बाल्ने भनेर दुई–तीन वर्षअघि यहाँ पोल गाडिए।’ उनले भने, ‘पोल गाडेपछि बत्ती आउने आस भयो तर अहिलेसम्म बत्ती आएको छैन्। 

घर नजिकै विद्युतका पोल गाडिएको भएपनि गाउँका स्थानीयहरूलाई  रातिको समयमा भने सोलार बत्ती वा दियालोको भरमा बस्नु परेको छ।
(श्रोत:थाहा खबर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार