भारतले नेपाली भूमी अतिक्रमण गरेको विरोधमा अमेरिकाको ह्वाईट हाउस अगाडी नेपालीहरुको प्रदर्शन

अमेरिका । भारतले नेपाली भूमी अतिक्रमण गरेको विरोधमा अमेरिकामा रहेका नेपालीहरुले पनि प्रदर्शन गर्ने भएका छन् । संघ रसंस्था र नेपाली समुदायले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध प्रदर्शन गर्ने जनाएको छ ।

भारतको चौतर्फी व्यापक बिरोध भै रहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडी रहेको लाफेएट उद्यान (पार्क) मा जम्मा भै डिसेम्बर १४ शनिबारका दिन बिरोध प्रदर्शन गर्ने तयारी भइरहेको छ। त्यसका लागि अमेरिकामा बस्ने नेपालीहरुलाई खबर गरिएको छ ।

अमेरिकामा लामो समय देखि बस्दै विभिन्न संघ(संस्थामा विभिन्न ओहदामा नेतृत्व लिई सकेका नेपालीहरुले गत नोभेम्बर २० र नोभेम्बर २३ मा आयोजना गरेको दुर संचार प्रणाली (टेली कन्फेरेन्स कल) को माध्यमद्वारा भारत बिरुद्ध ऐतिहासिक कार्यक्रम गर्ने योजना बनाएका हुन् ।

सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा पनि अमेरिकामा बस्ने नेपालीहरुले विरोध गरेका थिए । फेरि ४ बर्ष पछि अमेरिकामा बस्ने नेपालीबीच एकता कायम हुनुपर्ने अवस्था आएको छ भने यस पटक अझ ज्यादा सहभागिता हुने अपेक्षा गरिएको छ ।

उक्त दिन बिहान १० बजे प्रदर्शन गर्ने समय निर्धारण गरिएको छ भने संयुक्त नेपाली मोर्चा जस्लाई ुनेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरूनामक नेपालीहरुको समूहले नेतृत्व गर्ने छ ।

जस्मा सबै नेपाली समुदाय सदस्य र अमेरिकाका सबै राज्यका नेपाली संघरसंस्थाको प्रतिनिधि हुने र अटाउने गरि लिपुलेक र कालापानीको अतिक्रमण बिरुद्ध प्रदर्शन गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार