यी ८२ वर्षीया ‘बडी बिल्डर’ हजुरआमा…

एजेन्स, ९ मङ्सिर । अमेरिका न्यूयोर्कको रोचेस्टरमा गत बिहिबार राति ११ बजे विली मर्फी (हजुरआमा) सुत्ने तयारी गर्दैगर्दा उनको घरको घन्टी बज्यो ।एक जना युवकले आफू बिरामी भएको र एम्बुलेन्सलाई फोन गरिदिन सहयोग माग्दै मर्फीको घरमा पस्न खोज्दै थिए ।

हजुरआमाले प्रहरीलाई फोन गरिदिइन् तर उनलाई भने घरभित्र पस्न दिइनन् ।घर पस्न नदिएपछि ती युवकले घरको ढोका नै फोडिदिए । ती हजुरआमा पछिल्लो समयको अवार्ड प्राप्त ‘बडी बिल्डर’ थिइन् ।

बडी बिल्डर हजुरआमाले कुर्सी नै भाँच्चिने गरी उनलाई हिर्काइन् ।हजुरआमा त्यत्तिमा रोकिनन् उनले भाँच्चिएको कुर्सीको डण्डीले समेत हानिन् । फेरि स्याम्पुको बोतल लिन गइन् र स्याम्पु ती युवकको आँखामा हालिदिइन्।

घा इते भइसकेका युवकमाथि उनी जाइलागिन् र फेरि झाडूले हान्न थालिन् ।केहीबेरपछि एम्बुलेन्स आइपुगेको थियो र त्यही एम्बुलेन्समा राखी ती युवकलाई पठाइन् । ‘ती युवक खुसी थियो होला किनकी एम्बुलेन्सलाई फोन गर्न भन्दै आएको थियो, मैले त्यसैमा हालेर पठाइदिएँ’, मर्फीले डब्लुएचएएमलाई भनिन् ।

तर ती युवक साँच्चिकै बिरामी थिए र सहयोग माग्नै आएका हुन् कि अन्य नियतले आएका थिए भन्ने बारेमा भने केहि खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार